असार मसान्तभित्रै ७६ प्रतिशत रोपाइँ सकियो
नेपालबहस संवाददाता
साउन २, २०७७ शुक्रबार १३:२:२४
२ साउन, खोटाङ । बाह्र हजार ८९८ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको खोटाङमा हालसम्म ७६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा यस वर्ष समयमै पर्याप्त वर्षा भएका कारण साउन नलाग्दै ७६ प्रतिशत रोपाइँ सम्पन्न भएको हो ।
बेँसी क्षेत्रमा लगाइएको चैते धान र मकै भित्र्याउन बाँकी भएकाले बेँसी क्षेत्रमा भने रोपाइँ हुन बाँकी रहेको जिल्ला कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायण राईले बताए । “चैते धान र मकै भित्र्याएपछि बेँसी क्षेत्रमा रोपाइँ हुने छ”, उनले भने, “जिल्लामा कूल १४ हजार १५९ हेक्टर खेत भए पनि १२ हजार ८९८ हेक्टरमा मात्र धान खेती लगाउने गरिएको छ ।”
सिमसार भएका खेतमा जेठको अन्तिम सातादेखि रोपाइँ हुने गरे पनि सिञ्चित र असिञ्चित खेतमा वर्षा भएपछि मात्र रोपाइँ हुने गरेको छ । सिञ्चित खेतमा जुनसुकै समयमा रोपाइँ गर्न सकिए पनि आकाशे पानीको भरमा रोपाइँ हुने असिञ्चित खेतमा वर्षा हुन थालेपछि किसान खेतमा पुग्ने गरेका छन् ।
जिल्लाको दिक्तेल, नेर्पा, खार्पा, हौँचुर, दोर्पा चिउरीडाँडा, मात्तिम, छोरम्बु, बतासे, सप्तेश्वरछितापोखरी, सिम्पानी, इन्द्रेणीपोखरी, लिच्कीराम्चे, बड्कादियाले, सावाकटहरे, खोटाङबजारलगायत ठाउँमा सबैभन्दा बढी धानखेती हुने गरेको छ । सिञ्चित ११ हजार ४०० हेक्टर र आकाशे पानीको भरमा रोपाइँ हुने तीन हजार ८०२ हेक्टर असिञ्चित जग्गामा धान रोपाइँ हुने गरेको छ ।
खेतीपातीबाहेक अन्य आम्दानीको स्रोत नहुने जिल्लामा गत वर्ष लामो समयसम्म खडेरी जाँदा ४० प्रतिशत खाद्यान्न उत्पादन घटेको कृषि ज्ञान केन्द्रको अनुमान छ । दैनिक छाक टार्नको लागि एक मात्र विकल्प रहेको खेतीपाती लामो समयको खडेरी र फौजी किराको प्रकोपले सखाप पारेपछि जिल्लामा भोकमरी शुरु भएको छ ।
गत वर्षको खडेरीले सबैभन्दा बढी हलेसी तुवाचुङ नगरपालिकाका स्थानीय बासिन्दालाई समस्या पारेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त नगरपालिकामा खडेरीका कारण खाद्यान्न सङ्कट भएपछि नगरपालिकाले रु एक करोड ३० लाख बराबरको चामल खरिद गरेर वितरण गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगणतन्त्रपछिको अर्थतन्त्र : सूचक सुध्रिए, सुल्झिएनन् समस्या
जेठ १४, २०८१ सोमबार
सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयमा, प्रदेशतर्फ मधेशमा धेरै
जेठ १३, २०८१ आइतबार
सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब
जेठ १३, २०८१ आइतबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार