आयातनिर्यात ठप्प, बन्दाबन्दीको असर राजस्व सङ्कलनमा
नेपालबहस संवाददाता
साउन ३, २०७७ शनिबार १५:४६:४१
३ साउन, विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७६/७७ मा कूल रु छ अर्ब ९५ करोड ७५ लाख ७२ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा रु १० अर्ब १२ करोड ५९ लाख दुई हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा राखिएको थियो । यो लक्ष्यभन्दा रु तीन अर्ब १६ करोड ८३ लाख ३० हजार कम हो । अघिल्लो वर्षको तुलनामा रु १५ करोड ५४ लाख १६ हजार कम राजस्व सङ्कलन भएको कार्यालय प्रमुख दिलीप सापकोटाले जानकारी दिए ।
आर्थिक वर्ष २०७४/७५ मा रु पाँच अर्ब २१ करोड ३३ लाख २२ हजार र आर्थिक वर्ष २०७५/७६ मा रु सात अर्ब १३ करोड ७८ लाख २४ हजार राजस्व सङ्कलन भएको थियो । तुलनात्मक रुपमा हेर्दा आर्थिक वर्ष २०७४/७५ को भन्दा रु एक अर्ब ७४ करोड ४२ लाख ५० हजारले बढी राजस्व सङ्कलन भएको छ भने आर्थिक वर्ष २०७५/७६ को हिसाबले हेर्दा रु १५ करोड ५४ लाख १६ हजारले कम राजस्व सङ्कलन भएको देखिएको छ ।
आर्थिक वर्ष २०७६/७६ मा सङ्कलित राजस्वमा आयकर रु दुई अर्ब ६४ करोड ६४ लाख ५७ हजार, मूल्यअभिवृद्धि कर रु एक अर्ब ८५ लाख ७३ लाख २३ हजार, अन्तःशुल्क रु दुई अर्ब ४५ करोड २६ लाख ६२ हजार, स्वास्थ्य कर रु ६१ हजार र शिक्षा कर रु १० लाख ६९ हजार छन् । आयकरतर्फ गत वर्षभन्दा १७ प्रतिशत, मूल्य अभिवृद्धि करमा ३५ प्रतिशत प्रगति भएको छ भने अन्तःशुल्कमा २८ प्रतिशत नोक्सान भए पनि समग्रमा अघिल्लो आर्थिक वर्षको तुलनामा दुई प्रतिशत मात्र कमीले राजस्व सङ्कलन भएको कार्यालय प्रमुख सापकोटाले बताए ।
नेपाल सरकारले गएको चैत ११ गतेबाट घोषणा गरेका बन्दाबन्दीको प्रभाव सबैभन्दा बढी अन्तःशुल्कमा परेको देखिएको छ भने जसले गर्दा लक्ष्य हासिल गर्न नसकेको हो । बन्दाबन्दीले आयातनिर्यात ठप्प हुनु, उद्योग व्यापार बन्द हुनु र स्वदेशमा भएको उद्योगधन्दा नचल्नु, निर्माणका काम रोकिनु जस्ता कारणले राजस्वमा असर परेको भएपनि कार्यालयले राजस्व सङ्कलनमा दिनरात खटेर, अनुगमन गरेर राजस्व सङ्कलनमा जोड दिएको प्रमुख सापकोटाको भनाइ छ ।
अघिल्लो वर्षमा कार्यालय मातहतमा ९६ हजार ५०८ करदाता रहेकोमा भ्याट दर्ता सङ्ख्या सात हजार ५३४, आयकर दर्ता सङ्ख्या ४८ हजार १९२ र व्यक्तिगत स्थायी लेखा नम्बर लिएका सङ्ख्या ४८ हजार ३१६ रहेको थियो । अहिले यस कार्यालयले मोरङको विराट चोक र पथरीमा आफ्ना सेवा कार्यालय विस्तार गरी त्यस क्षेत्रका जनतालाई सेवा र सुविधामा पहुँच पु¥याउने काम गरेको छ भने यसबाट त्यस क्षेत्रका जनतालाई सदरमुकाम आउने झन्झटबाट मुक्त हुने विश्वास प्रमुख सापकोटाले व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार