लम्कीमा ३३ करोड ९९ लाख राजस्व सङ्कलन
नेपालबहस संवाददाता
साउन ३, २०७७ शनिबार १८:५६:४७
३ साउन, टीकापुर । करदाता सेवा कार्यालय लम्की कैलालीले गत आर्थिक वर्षमा रु ३३ करोड ९९ लाख राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७६र७७ मा ३३ वटा शीर्षकबाट रु ३३ करोड ९९ लाख ५५ हजार १०३ राजस्व सङ्कलन भएको करदाता सेवा कार्यालय लम्कीका प्रमुख सुरेन्द्र पोख्रेलले जानकारी दिए ।
“उत्पादन, वस्तु बिक्री वितरण, परामर्श तथा ठेक्का, सञ्चार, बीमा, हवाई तथा अन्य सेवा, वेदर्तावाल सेवाको मूल्य अभिवृद्धि करबापत रु १३ करोड १० लाख ५७ हजार ४५८ राजस्व सङ्कलन भएको छ”, कार्यालय प्रमुख पोख्रेलले भने, “विभिन्न आठ वटा आयकर शीर्षकबाट रु १२ करोड ३८ लाख ५४ हजार १६१ र सुर्तीजन्य पदार्थ, मदिरा, बियर र अन्य औद्योगिक उत्पादनको अन्तःशुल्कबाट रु दुई करोड ४० लाख ३९ हजार ३ ८८ राजस्व सङ्कलन भएको छ ।”
व्यक्तिगत पूँजीगत लाभकरबाट रु एक करोड ९६ लाख ९६ हजार ७६१, बहाल करबाट रु ५७ लाख ४३ हजार ७३, लाभांश करबाट रु १९ लाख ५० हजार ११२, आकस्मिक लाभकरबाट रु एक लाख ६८ हजार ८६९ राजस्व सङ्कलन भएको पोख्रेलले जानकारी दिए ।
पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा करबाट रु दुई करोड १९ लाख २६ हजार ४४३ ब्याज करबाट रु एक करोड १५ लाख १६ हजार ३३६ र स्वास्थ्य सेवाबापत दुई हजार ५०० राजस्व सङ्कलन भएको छ । अझै पनि केही करदाताले राजस्व कार्यालय धनगढीको कोडमा रकम जम्मा गरिरहेका र त्यसलाई यस कार्यालयको कोषमा जम्मा गर्नसके अर्को वर्ष राजस्व अझै बढी सङ्कलन हुने प्रमुख पोख्रेल बताउछन् । “सबैलाई करको दायरामा आउन आग्रह गरिरहेका छौँ । लामो समयसम्म कर नतिरेका उद्योगी, फर्म सञ्चालकका लागि चालु आर्थिक वर्षको फागुन मसान्तसम्म पछिल्लो तीन वर्षको कर तिरे अरु कर छुट हुने सरकारले व्यवस्था गरेको छ । यो अवसरको सदुपयोग गरौँ”, उनले भने ।
विसं २०७५ असोज महिनाबाट करदाता सेवा कार्यालय लम्कीले सेवा शुरु गरेको थियो । करदाता सेवा कार्यालय लम्कीबाट रु ४० करोडभन्दा तलको कारोवार गर्ने व्यक्ति वा संस्थाले सेवा लिन पाउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार