डेढ गुणा कर तिर्नु परेपछिअलैँची व्यवसायी मारमा
नेपालबहस संवाददाता
साउन ४, २०७७ आइतबार १६:५०:१
४ साउन, झापा । बजार मूल्यभन्दा डेढ गुणा बढी निकासी कर तिर्नु परेपछि अलैँची व्यवसायी मारमा परेका छन् । नेपाली बजारमा अहिले अलैँची प्रतिमन रु २० हजारमा कारोवार भइरहेको छ । तर भारतले अलैँचीमा प्रतिकेजी रु ८०० ‘भारु ५००’ निकासी कर लिएपछि व्यवसायी मारमा परेका छन् । नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजकुमार कार्कीले अलैँचीमा भारतले भारु ५०० प्रतिकिलो भन्सारदर कायम राखेका कारण व्यवसायी समस्यामा परेको बताए ।
“नेपाली बजारमा रु ५०० प्रतिकेजीमा किनबेच भइरहेको अलैँचीको निकासी कर रु ८०० तिर्न सकिँदैन”, उनले भने, “सरकारले बजार भाउअनुसार भन्सार शुल्क समायोजन गर्न पहल गर्नुपर्छ ।” नेपाली अलैँची बङ्गलादेश निर्यात गर्दा बङ्गलादेशले ३५ प्रतिशत निकासी कर लिने गरेको अध्यक्ष कार्कीले बताए तर भुटानबाट बङ्गलादेश निर्यात हुने अलैँचीमा भन्सार शुल्क लाग्दैन । बङ्गलादेशमा अलैँची निकासीका लागि भन्सार छुट र सहज निर्यातको वातावरण बनाइदिन व्यवसायीले माग गरेका छन् ।
नेपाली कृषि उत्पादन निर्यातको वातावरण सहज बनाइदिन उद्योग वाणिज्य मन्त्रालय ‘डेलिगेसन’ लिएरसमेत गएको उनले बताए । व्यवसायीले नेपाली कृषिजन्य वस्तु निकासीमा देखिएका समस्याका बारेमा मन्त्रालयका सचिव वैकुण्ठ अर्याललाई अवगत गराएका छन् ।
भारतले नेपाली अलैँचीमा लगाउँदै आएको भन्सार करको समायोजन र नेपाली अलैँची बङ्लादेश निर्यात गर्नका लागि पहल गरिदिनलगायतका विषयमा सचिव अर्यालसँग छलफल गरिएको अध्यक्ष कार्की बताउँछन ।
नेपाल निर्यात व्यवसायी महासङ्घका अध्यक्ष रामबहादुर गुरुङ, नेपाल हर्बल एशोसिएसनका अध्यक्ष गोविन्द घिमिरे, नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष कार्कीलगायतको टोली डेलिगेसन लिएर जाँदा निकासी समस्या समाधान गर्न पहल गर्ने आश्वासन भने व्यवसायीले पाएका छन् । मन्त्रालयका सचिव अर्यालले मन्त्रालयले परराष्ट्रयलगायतका अन्य निकायसँग छलफल गरी समस्या समाधान गर्ने आश्वासन दिएको अध्यक्ष कार्कीले बताए ।
नेपाल अलैँची व्यवसायी महासङ्घ सचिव सुवास भट्टराईले पूर्वीनाका काँकडभिट्टाबाट अहिले अलैँची निर्यात भइरहेको बताए । उनले भुटानबाट बङ्गलादेश अलैँची निर्यातमा कर नलाग्ने भएकाले भारतीय व्यवसायीले समेत अलैँची भुटान लगेर त्यहाँबाट निर्यात गर्ने गरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार