धितुङका किसानले शुरु गरे सामूहिक लिची खेती
नेपालबहस संवाददाता
साउन ५, २०७७ सोमबार १५:४४:४
५ साउन खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका किसानले सामूहिकरूपमा व्यावसायिक लिची खेती शुरु गरेका छन् । लिचीको पकेट क्षेत्रका रूपमा विकास गर्न स्थानीय बरबोटे बिजवृद्धि कृषक समूहमा आबद्ध किसानले बन्दाबन्दीको अवधिमा बयाखुखोला नजिकैको २०० रोपनी जग्गा भाडामा लिएर दुई हजार बोटभन्दा बढी लिचीको बिरुवा रोपेका हुन् ।
गाउँमै केही गर्नुपर्छ भन्ने सोचका साथ धितुङका स्थानीय बासिन्दाले १५ वर्षदेखि बाँझिएको जग्गामा पलाएको झाडी फँडानी गरेर खाल्डो खनेर लिचीको बिरुवा रोपेका छन् । शहर बजारमा बसिरहेका युवा बन्दाबन्दीको समयमा गाउँ आएपछि सामूहिकरूपमा बाँझो जग्गामा लिची खेती शुरु गरेका हुन् ।
लामो समयदेखि बाँझिएको व्यक्तिको जग्गा भाडामा लिएर व्यावसायिकरूपमा लिची खेती लगाइएको कृषक समूहका अध्यक्ष राजेश राईले बताए । “दिनेश राईको अध्यक्षतामा नौ सदस्यीय लिची पकेट सञ्चालन समिति बनाएर गाउँलाई लिचीको पकेट क्षेत्रका रूपमा विकास गर्ने प्रयास शुरु गरेका छौँ”, उनले भने, “कृषक समूहमा आबद्ध २५ परिवार किसानमध्ये नौ घरका किसान सामूहिक लिची खेतीमा लागेका छन् ।”
लिचीले उत्पादन दिन थालेपछि तीन भाग लगाएर एक भाग जग्गाधनीलाई दिने शर्तमा जग्गा भाडामा लिइएको कृषक समूहले जनाएको छ । उत्पादनको तीन भागमध्ये एक भाग लगानीकर्तालाई र एक भाग मलजल गर्ने हेरालुलाई दिइने सहमति गरिएको कृषक समूहका अध्यक्ष राईले बताए ।
धितुङमा लिचीको बिरुवा रोपेको केही समयपछि कृषि ज्ञान केन्द्रको अगुवाइमा केही समयअघि संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’, जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङलगायतको टोलीले अनुगमन गरेको थियो । कृषि ज्ञान केन्द्र खोटाङले उपलब्ध गराएको रु आठ लाख अनुदानमा किसानको रु आठ लाख रकम थप गरेर धितुङमा लिची खेती विस्तार गर्न लागिएको हो ।
बन्दाबन्दीको समयमा गाउँ आएका जिल्लाका विभिन्न ठाउँका स्थानीय युवाले बाँझिएको जग्गा फँडानी गरेर खेती बढाउने, लिची, आँप, केरा, कागती, ड्रागन फ्रुटलगायतका फलफूलका बोटबिरुवा रोप्ने काम गरिरहेका छन् । महामारीका समयमा गाउँलाई नै सुरक्षित थलोका रूपमा देखाएकाले गाउँ फर्केका अधिकांश स्थानीय बासिन्दा गाउँमै केही गर्नुपर्नेमा अग्रसर देखिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनपुरमा तीन प्रतिशत गहुँ उत्पादनमा वृद्धि
जेठ ११, २०८१ शुक्रबार
नवलपरासीपूर्वमा आलु उत्पादनमा वृद्धि
जेठ ११, २०८१ शुक्रबार
व्यवसायिक चियाखेतीसँगै पर्यटन प्रवर्द्धनमा भोजपुरका रञ्जित
जेठ ११, २०८१ शुक्रबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
विनोद त्रिपाठी
जेठ ९, २०८१ बुधबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
केदार भट्टराई (काका)
जेठ १०, २०८१ बिहिबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
नेपालबहस संवाददाता
जेठ ९, २०८१ बुधबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १२, २०८१ शनिबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
जेठ १२, २०८१ शनिबार
यस्ता छन् अलसरका लक्ष्यणहरु, यसबाट बच्न के गर्ने ?
जेठ १२, २०८१ शनिबार
पाकिस्तानको टी-२० विश्वकप टिमको घोषणा
जेठ १२, २०८१ शनिबार
हेटौँडामा बसको ठक्करबाट एक जनाको मृत्यु
जेठ १२, २०८१ शनिबार
गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ?
जेठ १२, २०८१ शनिबार
स्वास्थ्यमा समस्या देखिएपछि सिरोहिया अस्पताल भर्ना
जेठ १२, २०८१ शनिबार
भारतको लोकसभाको छैटौं चरणको मतदान आज
जेठ १२, २०८१ शनिबार