सवारी कारबाहीबाट ५२ लाख राजश्व संकलन
नेपालबहस संवाददाता
साउन ५, २०७७ सोमबार २२:५१:४०
५ साउन, स्याङ्जा । ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले ५२ लाख राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा जिल्लामा ट्राफिक नियम उल्लंघन गरेर सवारी साधनका चालकलाई कारबाही गर्दा वर्षभरिमा ५२ लाख १५ हजार ५ सय राजश्व संकलन भएको जनाएकाे हाे ।
गत वर्षमा ७ हजार ९ सय ९२ सवारी चालक कारबाहीमा पर्दा ५२ लाख १५ हजार ५ सय राजश्व उठेको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । ९ सय ३१ ट्रकलाई कारबाही गर्दा ५ लाख ८८ हजार ५ सय राजश्व संकलन भएको छ । ट्राफिक कार्यालयका अनुसार १ हजार २ सय ७१ बसलाई कारबाही गर्दा ८ लाख ४० हजार राजश्व संकलन भएको हो ।
त्यसैगरि १ हजार ८ सय २४ जिप कार भेन कारबाहीमा पर्दा ११ लाख ६३ हजार ५ सय र ३ हजार संकलन भएको थियो भने ९ सय ६६ ट्याक्टर र मोटरसाईकल कारबाहीमा पर्दा २६ लाख २३ हजार ५ सय राजश्व संकलन ट्राफिक प्रहरी प्रमुख कर्णबहादुर चुनाराले जानकारी दिएका छन् ।
आर्थिक वर्ष २०७५/०७६ मा ट्राफिक प्रहरीले ७२ लाख ६८ हजार ५ सय राजश्व संकलन गरेकोमा गएको वर्ष कोरोनाका कारणले भएको बन्दाबन्दीले गर्दा झण्डै २९ प्रतिशत कम राजश्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।
जिल्लामा आर्थिक वर्ष २०७६/०७७ मा १५ सवारी दुर्घटना परी ९ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । ज्यान गुमानेमा २ बालबालिका ३ महिना र ४ पुरुष रहेको ट्राफिक प्रहरी हेमबहादुर मल्लले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार