सडक मर्मत नहुँदा तातोपानी नाकाबाट आयात ठप्प
नेपालबहस संवाददाता
साउन ९, २०७७ शुक्रबार १८:५७:२
◊ देवराज सुवेदी
९ साउन, सिन्धुपाल्चोक । अविरल वर्षापछि आएको बाढी पहिराले अरनिको राजमार्गको जुरेबाट तातोपानीसम्मको सडकखण्ड कटान गरेपछि बल्लबल्ल खुलेको नेपाल–चीन व्यापारिक नाका तातोपानी फेरि बन्द भएको छ । सडक विभागले चासो नदिँदा अरनिको राजमार्गको कटान भएको सडकखण्ड मर्मत हुनसकेको छैन । चीनमा कोरोनाको सङ्क्रमण बढेपछि विसं २०७६ माघ १३ देखि बन्द नाका गत चैत १६ गतेबाट पुनः सञ्चालनमा आएको थियो । नाका भित्रिसकेका करोडौँ मूल्यका सामग्री तातोपानीमै रोकिएका छन् । तातोपानी सुक्खा बन्दरगाह भन्सार प्रमुख लालबहादुर खत्रीले नाकाबाट आयात ठप्प रहेको बताए ।
भन्सार तथ्याङ्कअनुसार नाका चलेको नौ महिनामा तातोपानी भएर रु साढे नौ अर्ब मूल्यको सामग्री आयात भएको थियो । झण्डै रु छ करोडको सामग्री रोकिएको प्रमुख खत्रीले जानकारी दिए । रोकिएका सामग्रीमा कोरोना नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, तयारी पोशाक र कृषिजन्य सामान छन् । केही दिनअघि आएको बाढीपहिराले सडक कटानपछि एम्बुलेन्सलगायत अतिआवश्यक सवारी साधनसमेत सञ्चालन हुन नसकेपछि बाह्रबिसे नगरपालिकाले जुरेमा तत्कालै सडक मर्मत गरेर यातयातका साधन सञ्चालन गरे पनि त्यहाँभन्दा माथि भने समस्या देखिएको छ ।
सडक कार्यालय चरिकोटले सडक मर्मत गर्नका लागि एउटा स्काभेटर ल्याएर काम गरे पनि स्काभेटर बिग्रिएपछि समस्या भएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिए । सडक कार्यालयले बिग्रिएको सडक सुधार गर्न प्रभावकारी काम नगरेपछि तातोपानी नाकामा व्यापार व्यवसाय गर्दै आएका व्यापारीले नै स्काभेटर प्रयोग गरिरहेका छन् । त्यस्तै बाह्रबिसे नपाले पनि एउटा स्काभेटर प्रयोग गरेर सडक सुधार गर्न खोजे पनि सडक कार्यालय चरिकोटले सहयोग नगरेको प्रमुख शेर्पाले गुनासो गरे ।
बाढीपहिराले क्षति बनाएको सडक तत्काल सुधार गर्नका लागि एक साताअघि सभामुख अग्नि सापकोटाले सडक विभागका अधिकारीलाई निर्देशन दिए पनि त्यो निर्देशनानुसार कामै नभएको शेर्पाले दुखेसो गरे । दुई/तीन दिनमै बाह्रबिसेबाट जम्बुसम्मको बाटो छिचोलिने सडक डिभिजन कार्यालय चरिकोटका डिभिजन प्रमुख विजय महतोले बताए । उनका अनुसार बाह्रबिसेबाट जम्बुसम्म चार किलोमिटर दूरी पर्दछ । सडक डिभिजनको स्काभेटर बिग्रेका कारण काममा केही ढिला भएको डिभिजन प्रमुख महतोले बताए । अब निरन्तर बाटो खन्न खटिने उनले जानकारी दिए ।
भोटेकोशी नदीले कटान गरेको खुर्सानीबारी नजिकैको सडक सुधार गरेर सवारी साधन सञ्चालन भइसकेका छन् । खागदलमा पनि सडक मर्मत गरेर अहिले राजमार्गको सबैभन्दा बढी जोखिम रहेको सिरिसेमा सडक कार्यालय, बाह्रविसे नगरपालिका र व्यापारीसहित तीन स्काभेटर लगाएर सडक मर्मत शुरु गरिएको छ । तर सडक कार्यालयको स्काभेटर बिग्रिएपछि दुई स्काभेटरले मात्रै काम गर्दा ढिलाइ भएको प्रमुख शेर्पाले बताए । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार