विपन्न विद्यार्थीको लागि अक्षकोष स्थापना
नेपालबहस संवाददाता
साउन ११, २०७७ आइतबार १७:१४:५
११ साउन, पोखरा । लायन्स क्लब अफ उज्यालो चौतारीले संस्कृत शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि रु एक लाख एक हजार १११ को अक्षयकोषको स्थापना गरेको छ ।
पोखरा महानगरपालिका–१ भीमकालीपाटन बगरमा रहेको संस्कृत माविमा अध्ययनरत विपन्न विद्यार्थीको लागि क्लबले आफ्ना सदस्यबाट रकम सङ्कलन गरेर अक्षयकोष स्थापना गरेको क्लबका अध्यक्ष अच्युत शर्माले जानकारी दिए । उनले भने, “अहिले बोर्डिङ स्कूल पढ्ने र उच्चशिक्षाका लागि विदेश जाने संस्कारको विकास भइरहेको छ, संस्कृत शिक्षाको महत्व उजागार हुन नसक्दा मौलिक संस्कार र संस्कृतिसमेत गुमिरहेको छ, यसको महत्वलाई उजागार गर्न संस्कृत शिक्षामा जोड दिन आवश्यक छ, यो सानो प्रयासले संस्कृत भाषा उत्थानमा सहयोग पुग्नेछ ।”
उनले अक्षयकोषको रकमको ब्याजले संस्कृत विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीको अध्ययन खर्चमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । क्लबका सरु गिरीले ‘नेचर द फ्युचर’ भन्ने विषयमा रहेर क्लबले विभिन्न स्कूलमा अध्ययनरत विपन्न विद्यार्थीको शैक्षिक खर्च व्यहोर्दै अभिभावकीय जिम्मेवारी ग्रहण गरेको बताए । उनले भने, “जहाँ आवश्यकता त्यहाँ लायन भन्ने भनाइलाई आत्मसात गर्दै भविष्यका कर्णधारको खोजी गरेर अध्ययनमा सहयोग गर्दै आएका छौँ ।”
सो विद्यालयका प्रधानध्यापक गोविन्द सिग्देलले स्कूलमा हाल २०० विद्यार्थी अध्ययन गरिरहेको जानकारी दिए । उनका अनुसार कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी माध्यममा पढाइ हुन्छ । कक्षा ६ देखि १२ सम्म २०० पूर्णाङ्कको संस्कृत विषय पढ्नुपर्ने हुन्छ भने आवासीय विद्यार्थीले ३०० पूर्णाङ्कको संस्कृत विषयको परीक्षा दिनुपर्ने हुन्छ ।विद्यालयमा ४० दलित विद्यार्थी छन् । त्यसैगरी ४० प्रतिशत छात्राले संस्कृत विषय अध्ययन गरिरहेका छन् । अक्षयकोषको ब्याज रकमले विपन्न विद्यार्थीका लागि खाजा, स्टेशनरी र पोशाकका लागि खर्च गरिने जनाइएको छ । विद्यालयमा दुई सहयोगी र १८ शिक्षक–शिक्षिका रहेका छन् ।
तत्कालीन राणा प्रधानमन्त्री देवशम्शेरको निगरानीमा विसं १९५८ मा विन्ध्यवासिनी मन्दिर परिसरमा भाषा पाठशालाको रूपमा यस विद्यालयको स्थापना भएको हो । विसं २०१२ तिरबाट भीमकाली पाटनमा स्थानीय पराजुलीहरुले ८० रोपनी जग्गा उपलब्ध गराएपछि उक्त स्थानबाट संस्कृत विषयको पठनपाठन हुँदै आएको छ । उक्त विद्यालयको १० रोपनी जग्गा संस्कृत क्याम्पसले समेत भोगचलन गर्दै आएको छ । क्याम्पसले हाल शास्त्री (स्नातक) पढाइ गराइरहेको छ भने यसै वर्षदेखि आचार्य (स्नाकोत्तर) को पढाइका लागि भर्ना लिइराखेको प्रअ सिग्देलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
बाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी ?
असोज १८, २०८१ शुक्रबार
आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई सरकारको आग्रह
असोज १२, २०८१ शनिबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
म्याद सकिए पनि हिरासतमै वित्ने भो रविको तिहार, २० गते मात्र अदालत लगिने
कात्तिक १५, २०८१ बिहिबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
पञ्चांग निर्णायक समितिले भन्यो, शुक्रबार तिहारको कुनै पर्व छैन
कात्तिक १६, २०८१ शुक्रबार
आज जन्म लिने बच्चा तुला राशीको हुने, जौ मुखमा राखेर जुन दिशाको यात्रा गरेपनि शुभ हुन्छ
कात्तिक १६, २०८१ शुक्रबार
सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली
कात्तिक १५, २०८१ बिहिबार
ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित मुद्दामा मस्क अदालतमा उपस्थित हुने
कात्तिक १५, २०८१ बिहिबार
जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार