‘प्रकाशमानव अधिकार पुरस्कार’ बाजुराका डा रुपचन्द्रलाई
नेपालबहस संवाददाता
साउन १६, २०७७ शनिबार ०:३२:१३
१६ साउन,बाजुरा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको २८औँ स्मृति दिवसका अवसरमा २६औँ ‘प्रकाशमानव अधिकार पुरस्कार–२०७६’ द्धारा बाजुराका डा रुपचन्द्र विश्वकर्मा पुरस्कृत भएका छन् । विश्वकर्मा बाजुराको जिल्ला अस्पतालमा कार्यरत हुन् । कोभिड–१९ को जोखिमका कारण विश्वकर्मा इन्सेकले आज आयोजना गरेको २८औँ प्रकाश स्मृति दिवस तथा २६औँ प्रकाशमानव अधिकार पुरस्कार घोषणा समारोहमा आउन सकेनन् । पुरस्कारको राशि रु ५० हजार रहेको छ ।
इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले स्व. प्रकाश काफ्लेले मानव अधिकारको क्षेत्रमा पु¥याउनु भएको योगदान अविस्मरणीय रहेको उल्लेख गर्दै बाजुराका डा विश्वकर्मालाई पुरस्कृत गरेकोप्रति खुशी व्यक्त गर्दै बधाई दिए ।
इन्सेक अध्यक्ष डा इन्दिरा श्रेष्ठले मानव अधिकार तथा सामाजिक न्यायको क्षेत्रमा पु¥याउनु भएको योगदानका लागि २५ जनालाई यसअघि प्रकाशमानव अधिकार पुरस्कारबाट पुरस्कृत गरिसकिएको जानकारी दिए । उनले कोरोना महामारीका कारण यो वर्ष पहिलो पटक पुरस्कृत व्यक्तिको उपस्थिति बिना कार्यक्रम गर्नु परेको र इन्सेकका सात प्रदेशमा रहेका प्रदेश तथा केन्द्रीय कार्यालयले तयार पारेको सिफारिसको सूचीलाई आधार मानेर समितले पुरस्कृत व्यक्तित्व छनोट गरेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसार्वजनिक यातायातलाई अपाङ्ग तथा अशक्तमैत्री बनाउन निर्देशन
जेठ १९, २०८१ शनिबार
वर्षा भएसँगै देशभर तापक्रम घट्यो, कहाँ कति छ ?
जेठ १९, २०८१ शनिबार
चीनको साउदर्न एयरलाइन्सको दैनिक दुई उडान सुरु
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
बङ्गलादेशमा दुई करोड बालबालिकालाई भिटामिन ‘ए प्लस’ क्याप्सुल वितरण
जेठ १९, २०८१ शनिबार
‘संसद्ले कार्यपालिकालाई निगरानी गर्न नसके लोकतन्त्रमाथि खतरा’
जेठ १९, २०८१ शनिबार
सार्वजनिक यातायातलाई अपाङ्ग तथा अशक्तमैत्री बनाउन निर्देशन
जेठ १९, २०८१ शनिबार
चीनद्वारा बालबालिकाका लागि २१ औषधि बजारमा पठाउन अनुमति
जेठ १९, २०८१ शनिबार
खानेपानीका लागि महोत्तरीका महिलाहरु रातभर जाग्राम
जेठ १९, २०८१ शनिबार
वर्षा भएसँगै देशभर तापक्रम घट्यो, कहाँ कति छ ?
जेठ १९, २०८१ शनिबार