सार्वजनिक बिदा हटाइनु दुःखद भएको केसीकाे टिप्पणी
नेपालबहस संवाददाता
साउन १९, २०७७ सोमबार १३:५४:२७
१९ साउन, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले हिन्दूहरूको महत्त्वपूर्ण पर्व जनैपूर्णिमामा दिइँदै आएको बिदा हटाइनु दुःखद र खेदपूर्ण भएको बताएका छन् । साविकमा जनैपूर्णिमामा दिइँदै आएको सार्वजनिक बिदालाई निरन्तरता दिनु अनिवार्य रहेको उनको भनाइ छ ।
‘हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक महान पर्व जनैपूर्णिमा, रक्षाबन्धन वा राखी पर्वको बहुआयामिक महत्व छ । यज्ञोपवित ‘जनै’ तथा रक्षासूत्र धारण गरी रक्षा र शक्ति प्राप्त गर्ने विशेष पर्व भएकोले समग्र हिन्दू जनै धारण गर्ने समूदायका लागि यो पर्व अत्यन्त महत्वपूर्ण छ’, आज परेको जनैपूर्णिको अवसरमा शुभकामनासहितको आफ्नो धारणा सार्वजनिक गर्दै केसीले भनेका छन् ।
भविष्य पुराणका अनुसार देवता र असुरहरूबीचको युद्धमा पराजयको परिणामस्वरूप, देवताहरूले राज–पाठ सबै युद्धमा गुमाएपछि पुनः प्राप्त गर्ने इच्छाअनुरुप देवराज इन्द्र, देवताहरूका गुरू बृहस्पतिसँग मद्दत मागेको र गुरु बृहस्पतिले श्रावण महिना पूर्णिमाको सूर्योदयमा रक्षाबन्धन गराई शक्ति प्रदान गरेको हुनाले जनैपूर्णिमाको पर्व शास्त्रोक्त परम्परामा अत्यन्त महत्वूर्ण रहेको छ ।
जनै साधारण धागो नभइ लामो अनुष्ठानका साथ आचार्यहरूले वैदिक मन्त्रोच्चारणका प्रतिष्ठा गरेपछि मात्र जनैले पवित्रता र आध्यात्मिक शक्ति पाउँछ भन्ने वैदिक मान्यता रहेको बताउँदै उनले भनेका छन्, ‘विशेष तरिकाले बाटेर शिखा बनाएपछि मात्र जनै तयार हुन्छ । जनैमा रहने छवटा शिखाका ६ डोरामध्ये एकातिर को तीनवटा डोराको शिखा ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को तीनवटा डोराको शिखा लाई कर्म, उपासना र ज्ञानको योगको रूपमा मानिन्छ ।
यसै पर्वमा महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म ‘सूर्य’ बाट वेद प्राप्त गरेको हुनाले यस दिनलाई वेदजयन्तीको रुपमा पनि चिनिन्छ । नेवार समुदायले यस पर्वलाई ‘गुन्हु पुन्ही’ को रुपमा मनाउँछन् । तराईका दिदीबहिनीहरूले दाजुभाईलाई राखी बन्धन गरी यसै पर्वमा आफ्ना दाजुभाईहरूको शक्ति , स्वास्थ्य र सामथ्र्यको कामना गर्दछन् । तान्त्रिक विधिका अनुष्ठानहरूमा धामी–झाँक्रीको दीक्षा लिने र गोसाईंकुण्ड जाने पर्वको रुपमा पनि यसको महत्व छ केसीले आफ्नो सार्वजनिक धारणामा उल्लेख गरेका छन ।
भारतभरि पनि जनै पूर्णिमाको आ–आफ्नै प्रकारको तर उच्च महत्व छ । उत्तराञ्चलमा श्रावणी, महाराष्ट्रमा नरिवल पूर्णिमा, राजस्थानमा चूडाराखी पर्व, दक्षिण भारतका धेरै राज्यमा ‘अवनि अवित्तम’ को रुपमा पनि यस पर्वलाई विशेष रुपमा मनाएको देखिन्छ केसीले भनेका छन ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
छिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ हुने
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार