ठगी अभियोगमा अमेरिकी नागरिक पक्राउ, ठग छुटाउन प्रहरी कार्यालय पुगे अमेरिकी दुतावासका कन्सुलर नै
नेपालबहस संवाददाता
साउन १९, २०७७ मंगलबार १:८:८
१९ साउन,काठमाडौं । नेपाली वा भारतीयहरुले एकअर्कालाई विभिन्न प्रलोभन दिएर ठगी गरेको समाचार त सुन्दै आएका छौं तर विश्व मै शक्ति सम्पन्न र धनी राष्ट्र अमेरिकाको नागरिकले पनि ठगी धन्दा सञ्चालन गर्छन त्यो पनि नेपाल जस्तो गरिब देशमा भने आश्चर्य मान्नु पर्ने हुन्छ । तर भएको छ त्यस्तै । अझ यिनै अमेरिकी ठगलाई छुटाउन भन्दै नेपालस्थित अमेरिकी दुतावासका कन्सुलर नै अपराध महाशाखा पुगेपछि भने अनुसन्धानरत प्रहरी नै आश्र्चयचकित भएका छन् ।
अमेरिकामा आफ्नो सुन व्यवसाय गर्ने गोल्ड कम्पनी भएको र सोका लागि आवश्यक सेक्युरिटी चाहिएको भन्दै नेपालको कम्पनीलाई अमेरिकामा दर्ता गरिदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा अमेरिकी नागरिक ६५ वर्षीय डेनियल ली म्याजिकलाई महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो । पर्यटक भिसामा नेपाल आएका ती ठग अमेरिकास्थित लसभेगासका स्थायी बासिन्दा हुन् । उनको पासपोर्ट नम्बर ५६५९२३७९८ रहेको छ ।
काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित भक्तपुर सूर्यबिनायक नगरपालिका-६ घर भएका नारायण श्रेष्ठलाई अमेरिकामा रहेको हकलिस ट्रेडिङ यूएसए कम्पनीको पार्टनर बनाउँछु भनी १० लाख रुपैयाँ ठगी गरेको तथा अन्य २ जनालाई बिजनेस भिषामा अमेरिका लान्छु भनी सुजन थापा र सन्दीप कार्की समेतलाई जनही ५ लाख रुपैयाँ ठग्ने प्रयास गर्दागर्दै उक्त महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं क्षेत्रपाटीबाट पक्राउ गरेको एसपी ईश्वर कार्कीले बताए । अपराधी मानव तस्कर रहेको बताइएको छ । ‘लकडाउन अघि नेपाल आएको उसको भिसा म्याद पनि सकिसकेको छ । ऊ संगठित रुपमै मानव तस्करीको नेटवर्क विस्तारमा लागेको हुनसक्ने देखिएको छ,’ एसपी कार्कीले नेपालबहस डटकमसँग भने। उनी नेपालमा पर्यटक भिसामा आएका थिए।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ । निजले अन्य व्यक्तिहरु समेतलाई ठगी गरेको हुनसक्ने सम्भावना रहेकोले निजबाट ठगीमा कोही परेका छ भने संम्पर्कमा आउनको लागि अपराध महाशाखाले अनुरोध गरेको छ । साथै ठगहरुले विभिन्न वहाना तथा प्रलोभनमा पार्न सक्ने हुनाले सजग र सचेत रही संभावित ठगीबाट जोगिनको लागी समेत उक्त महाशाखाले अनुरोध गरेको छ ।
यसैगरि पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन गर्दी गाविस(९ बस्ने ४० वर्षीया कमलाकुमारी थापालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । थापाले पोल्याण्ड पठाइदिन्छु भन्दै पीडितलाई विभिन्न प्रलोभनमा पारी विश्वास दिलाई नगद १७ लाख रुपैयाँ ठगी गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा उनलाई चितवनबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
नेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार