लकडाउन गर्ने-नगर्नेबारे प्रधानमन्त्रीले थाले विज्ञसँग छलफल, देउवा र ठाकुर पनि सहभागी
नेपालबहस संवाददाता
साउन २०, २०७७ मंगलबार १८:१५:४०
२० साउन, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विद्हरुसँग कोभिड १९ को संक्रमण रोकथामबारे छलफल थालेका छन् । प्रधामन्त्री निवास बालुवाटारमा २० जना भन्दा बढी विज्ञहरु सहभागी छलफलमा संक्रमण बढिरहेकाले लकडाउनबारे निर्णय गर्न छलफल शुरू गरेका हुन् । बालुटारमा भर्खरै छलफल सुरु भएको छ ।
लकडाउन खुकुलो बनाउनुअघि पनि प्रधामन्त्री ओलीले विज्ञहरुसँग परामर्श गरेका थिए। लकडाउन खोले यता संक्रमण दर बढ्दै गएपछि सरकारले फेरि लकडाउन गर्ने नगर्नेबारे छलफल थालेको हो। तराइका विभिन्न शहरमा ट्राभल हिस्ट्री नभएका मानिसमा पनि संक्रमण देखिन थालेपछि सरकारले समुदायमा संक्रमण फैलिएको वा नफैलिएकोबारे अध्ययन भइरहेको बताएको छ। तर विज्ञहरुले भने अब समुदायमा संक्रमण फैलिसकेकाले सरकारले चुस्त तयारी नगरे स्थिति भयाभह हुने भन्दै चेतावनी दिन थालेका छन्।
बालुवाटारमा जारी छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेता अध्यक्ष महन्थ ठाकुर पनि सहभागी छन् । चैत ११ गतेदेखि लगाइएको लकडाउन झण्डैं चार महिनापछि साउन ७ गते हटाइएको थियो। जनजीवन कष्टकर बन्दै गएपछि सरकारले लकडाउन खुकुलो बनाउनु परेको थियो । लामो लकडाउन अन्त्य गरेदेखि कोरोना भाइरसको संक्रमण र मृत्युदर ह्वात्तै बढेको छ ।
राजधानी काठमाडौंमा पनि कोरोना संक्रमण फैलिँदै गएपछि सरकारको आगामी कदमबारे प्रधानमन्त्रीले विज्ञहरु र शीर्ष नेताहरुसँग राय लिन खोजेका हुन् । हालसम्म नेपालमा २० हजार ७ सय ५० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ भने ५७ जनाको मृत्यु भएको छ। सोमवारमात्रै ४ सय १८ जनालाई संक्रमण देखिएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
ढल्यो गण्डकी सरकार, पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चको परमादेश
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार