बामदेव गौतमलाई फकाउन भैँसेपाटी पुगे प्रचण्ड
नेपालबहस संवाददाता
साउन २०, २०७७ मंगलबार १८:४२:५४
२० साउन, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपाध्यक्ष बामदेव गौतमसँग भेट गर्न भैंसेपाटी पुगेका छन् । नेकपाको शक्ति संघर्षमा निर्णायक बन्दै आएका गौतमलाई आफ्नो पक्षमा पार्न दाहाल उनको निवासै पुगेका हुन्।
तेसाे त केही समय अघि अध्यक्ष प्रचण्ड निकट रहेका उपाध्यक्ष गौतम पछिल्लो समय प्रधानमन्त्रीसँग नजिकिएको चारैतिरबाट टिप्पणी हुन थालेको छ । एक महिनाअघि मात्र नेकपामा सुरु भएको शक्ति संघर्षमा दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा लागेर ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने पक्षमा उभिएका गौतम साउन १३ गते विवाद समाधानका लागि भन्दै ६ बुँदे प्रस्ताव अघि सार्दै ओलीकै पक्षमा उभिएका छन्।
याे प्रस्ताव अघि सार्दै उपाध्यक्ष गौतमले प्रधानमन्त्रीबाट धोका पाइरहे पनि पार्टीलाई फूटबाट जोगाउन आफूले साेही प्रस्ताव ल्याएको बताएका थिए । पार्टीभित्रको शक्ति संघर्षमा कहिले कता कहिले कता उभिदै आएका गौतम जता उभियो उतै सचिवालयमा बहुमत पुग्ने अवस्था छ। गौतम आफ्नो पक्षमा आएपछि आइतबारको भेटमा ओलीले अब पार्टीका सबै समस्या सचिवालयबाटै टुंग्याउनुपर्ने प्रस्ताव गरेका थिए।
अधिकांशले ओलीपछि प्रचण्डपनि गौतमलाई भेट्न भैँसेपाटी पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसैबीच, आजै नै ओली प्रचण्डबीच वार्ता हुँदैछ । साँझ ५ बजे हुने वार्तामार्फत सहमतिको बिन्दु खोज्न प्रयास हुने सम्भावना रहेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार