ओली सरकार नै संकटको मुलकारक:- कांग्रेस नेता केसी
नेपालबहस संवाददाता
साउन २४, २०७७ आइतबार १:५२:२४
२४ साउन, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले वर्तमान केपी ओलीको सरकार नै सम्पूर्ण संकटको मुख्यकारक भएको आरोप लगाएका छन् ।
आज साँझ समाजिक सञ्जाल ट्वीट्र र फेसबुकमा देशको वर्तमान अवस्था बारे टिप्पणी गर्दै नेता केसीले कोरोना महामारीले जनसमुदायमा फैलिएर विकराल रुप लिने सम्भावना देखिईसक्दा समेत ओली सरकारको पूर्वतयारीमा पूर्ण बेवास्ता, स्वास्थ्य सामग्री खरिदमा भएको ढिलासुस्ती र भ्रष्टाचार र नेकपाको सत्तासंर्घषले देश गम्भीर संकटतिर धकेलिएको दावी गरेका छन् ।
उपरोक्त विषयहरु सरकारको सूचीमै नपर्नु र स्वास्थ्य संस्थाहरुलाई युद्धस्तरमा तयारी अवस्थामा राख्ने काममा ढिलाईलाई नेता केसीले कारक मानेका छन् । पीसीआर जाँच, निगरानी तथा कन्ट्याक्ट ट्रेसिङ्ममा व्यापकता तथा क्वारेन्टाइनको वैज्ञानिक व्यवस्थापन र सीमाना बन्दलाई कडाईका साथ पालना गर्नसकेको भए समस्या काबुभित्रै रहने थियो, तर अब काबुबाहिर जाने खतरा बढिसकेको उनको निश्कर्ष छ ।
कांग्रेस नेता केसीले सीमानामा खटाईएका सुरक्षाकर्मीलाई महामारीको जोखिम भत्ता, व्यवस्थित क्याम्प, आधारभूत सुविधा जुटाईदिने कर्तव्यसम्म पनि सरकारले पूरा गर्न नसकेको आरोप लगाएका छन् । सीमानाबाट जथाभावी प्रवेश गर्ने समुदायका कारण संक्रमण बढेको सरकारी भनाईलाई मान्ने हो भनेपनि सीमानामा खटिएका सुरक्षाकर्मीहरू पिउने पानी पनि नपाई गर्मी, झरी र डुबानका बीच खटिरहेको अवस्थामा ओली सरकारले किन लाचारी व्यक्त गरेको हो भन्ने गम्भीर प्रश्न उठाएका छन् । अर्कातिर सरकारी तहमा भईरहेको भ्रष्टाचार, हिनामिना, चरम लापरवाही र बेवास्ता छदैछ, त्यसमाथि सत्तारुढ पार्टी नेकपाभित्र अहोरात्रको सत्ता–किचलो उत्तिकै दोषी भएको उनको आरोप छ ।
उनले सामाजिक सञ्जालमा अगाडि लेख्छन्, “यो किचलोमा जनताको दुःखसुखको प्रतिनिधि संसदलाई बाधक मानेर मध्यअसारमै संसदको वर्षे अधिवेशन बन्द गरियो । राज्यको जिम्मेवारी बोकेका पार्टीका शीर्ष नेताहरूबीच घन्टौं लामा छलफल हुन्छन्, तर त्यहाँ कोरोना महामारी, बाढी–पहिरो तथा डुबानबाट पीडित सर्वसाधारण, श्रमिक, निश्चित आय भएका वर्ग, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई सुविधा दिएर दक्षता र प्रतिफल बढाउने एजेन्डाले कहिल्यै प्रवेश पाएको हुँदैन् । रोगको डरसँगै भोकभोकै मर्नुपर्ने आमजनतालाई नारकीय पीडा दिईरहेका यस्ता समस्याहरूमा कम्युनिस्ट नेतृत्वको सरकार न्यूनतम संवेदनशील पनि नहुनु वर्तमान संकटको मूख्यकारण भएको छ ।”
नेता केसीले देशको लागि यो भन्दा दुःखद र दुर्दशा अरु के हुनसक्छ ? त्यो पनि समृद्धि, स्थिरता र बिकासको स्वर्णिम स्वप्नको आशा बाँडेर आउने कम्युनिस्ट क्रान्तिकारी सरकारबाट ? भन्दै प्रश्न खडा गरेका छन् । “भयो,अति भयो सरकार ! अब सम्पूर्ण राज्यशक्ति, दलहरु, नागरिक समाज र हरेक व्यक्ति यो महासंकट र चुनौतीको सामना गर्ने वातावरण निमार्णमा इमान्दार सरकारको खोजीमा जुट्ने बेला भएको उनको निश्कर्ष छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
वन डढेलो विकराल बन्दै, देशभर एक सय ६५ ठाउँमा डढेलो
बैशाख १९, २०८१ बुधबार
भक्तपुरमा इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु
बैशाख १९, २०८१ बुधबार
टुँडिखेलमा सुरु भयो सीप मेला
बैशाख १९, २०८१ बुधबार
टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?
बैशाख १९, २०८१ बुधबार
बेलायतमा आनी छोइङ डोल्माको लाइभ कन्सर्ट हुँदै
बैशाख १९, २०८१ बुधबार
क्रिप्टो एक्सचेन्ज बिनान्सका संस्थापक झाओलाई चार महिनाको जेल सजाय
बैशाख १९, २०८१ बुधबार