ओलीमा सत्ताको अहंकार बढ्यो, अन्ततः जित सत्यकै हुन्छ : प्रवक्ता श्रेष्ठ
नेपालबहस संवाददाता
साउन २५, २०७७ सोमबार ३:१४:४
२५ साउन, काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कुरा नमिल्दा सत्ता संकट गहिरिदो छ । गएको बैशाखदेखि सत्तारुढ नेकपाको सत्ता संकट समाधान हुनुको साटो झन झन् बढ्दो छ ।
प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच महिनौ छलफल भएपनि नेकपाको विवाद समाधान हुन सकेको छैन् ।
आन्तरिक विवाद समाधान हुन नसकेपछि नेकपाका नेताहरु अहिले सार्वजनिक रुपमै एकअर्काविरुद्ध अभिव्यक्ति दिन थालेका छन् । केही दिनअघि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालले पत्रकार भेटघाट नै गरेर ओलीविरुद्ध सार्वजनिक आक्रमण गरेका थिए ।
पछिल्लो समय नेकपा विवादको शिलशिलामा प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि मुख खोलेका छन् । यसअघि दुई अध्यक्ष मिलून र पार्टीभित्रको विवाद समाधान गरुन भन्ने चाहेका प्रवक्ता श्रेष्ठ पछिल्लो समय बाध्य भएर आफै सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाट्स लेख्दै नारायणकाजीले ओलीप्रति तिखो प्रहार गरेका छन् । सत्यको खोजीदेखि कम्युनिष्ट आन्दोलनसम्मका कुरालाई जोडेर प्रवक्ता श्रेष्ठले ओलीमा सत्ताको अहंकार बढेकै कारण नेकपा विवाद बल्झिएको पनि दाबी गरेका छन् ।
‘सत्यको प्रकाशमा र सत्यको वरिपरि समाज प्रगति र स्वतन्त्रताको यात्रमा अघि बढिरहेको हुन्छ । समाजको चुम्बकीय शक्ति सत्य नै हो । तर सत्य स्थापना त्यति सजिलो हुँदैन । त्यसैले तत्कालै सर्वस्वीकारर्य हुन्छ भन्ने पनि होइन । नत्र समाज सजिलै साम्यवादमा पुग्थ्यो वा रामराज्य बन्थ्यो’ नारायणकाजीले सत्यलाई जोडेले लेखेको स्टाट्समा अगाडी भनेका छन, ‘यसका लागि निरन्तरको धैर्यपुर्ण प्रयत्नको आवश्यकता हुन्छ । अन्ततः सत्यकै जित हुन्छ । किनकि सत्य सत्य हो । जीवन र जगतको स्वभाविक अस्तित्व एवं अग्रगति यसैमा अन्तर्निहित हुन्छ ।’
कम्युनिष्ट आन्दोलनमा माओवादी सशस्त्र द्वन्द्वको बलमा गणतन्त्र आएको दाबी गर्दै नारायणकाजीले सत्य लुकाउन षडयन्त्र अहिले पनि भइरहेको बताएका छन् । राजनीतिशास्त्री सुकरातदेखि चिनियाँ नेता माओसम्मको उदाहरण दिएर नारायणकाजीले लेखेका छन, ‘शुकरातलाई सत्य बुझ भनेर प्रचार गरिएकै कारणले शासकहरुले बिष पिलाएर हत्या गरे । गौतम बुद्धलाई आफ्नै शिष्य भिक्षुहरुले हत्या गर्ने दुष्प्रयत्न गरे । लेनिनलाई क्रान्तिको नेतृत्व गरेकै कारणले जर्मन एजेण्ट भनेर प्रचार गरियो । क्रान्तिपछि गोलि हानियो । महात्मा गान्धीको हत्या पनि त्यसैगरी गरियो ।’
नारायणकाजी यत्तिमै रोकिएका छैनन् । चीनमा माओलाई सिध्याउन उनकै नेताहरु लागेको प्रसंग निकाल्दै प्रचण्डलाई अहिले पूर्व माओवादी नेताहरुबाटै असहयोग भएको बताएका छन् । साथै उनले पार्टी एकता गरेर देश विकासमा लाग्नुपर्ने बेला आन्तरिक लडाई गरेर नेताहरुलाई कमजोर पार्न खोजिएको पनि बताएका छन् ।
‘माओलाई आफैले उत्तारधिकारी भनेर घोषणा गरेको लिनप्याओले हत्या गरेर पद हत्याउने षडयन्त्र गरे । हाम्रा महान् शहीदहरुलाई लोकतन्त्र र परिवर्तनको सत्यको पक्ष लिएकै कारण तत्कालिन शासकहरुले हत्या गरे। तर कसैको विरोध, आरोप, हत्याको षडयन्त्र वा हत्याले सत्य पराजित भएन ।’
आफूहरुले सत्य र परिवर्तनको पक्ष लिएकै कारण विगतदेखि टाउकाको मूल्य तोक्नेदखि मार्नेसम्मको षडयन्त्र भएको सुनाउदै नारायणकाजीले अहिले सत्ताको अहंकारमा रमाएका नेताहरु आफूहरुलाई सिध्याउन उद्दत रहेको संकेत पनि गरेका छन् ।
आफ्नो फेसबुक स्टाट्सको सारमा नारायणकाजीले लेखेका छन, ‘जतिसूकै षडयन्त्र भएपनि अन्ततः सत्य स्थापित भई छाड्यो । त्यसैले सत्यको पक्षधरता कहिल्यै खेर जाँदैन । सत्यको पक्षमा निर्भिक भएर लागिरहौं । कहिलेकहीँ हामी सबैलाई सत्ताको अहंकारजन्य अन्धताले सत्यबाट विचलति हुने खतरा पैदा गर्दछ । यस्तो बेला आफू बचौँ र अरुलाई पनि बचाऔँ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अधिवेशनसम्म नपुग्दै फेल खायो संसदीय क्यालेण्डर
बैशाख १९, २०८१ बुधबार
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादकत्व बढाउनुपर्छ : राष्ट्रपति पौडेल
बैशाख १९, २०८१ बुधबार
समृद्धि हासिल गर्न तीन तहको सरकारबीच सहकार्य आवश्यक : महामन्त्री शर्मा
बैशाख १८, २०८१ मंगलबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भावुक स्टाटस लेख्दै सन्दीप लामिछानेले भने- 'म षड्यन्त्रको सिकार भएँ'
बैशाख १९, २०८१ बुधबार
डढेलो निभाउने क्रममा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग
बैशाख १९, २०८१ बुधबार
श्रमिकको कथामा चलचित्र ‘लेबर’ बन्ने घोषणा
बैशाख १९, २०८१ बुधबार
पोखरामा डढेलोले मौसम धुम्मिदा उडान अनियमित, पर्यटक आगमन ठप्प !
बैशाख १९, २०८१ बुधबार
नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
बैशाख १९, २०८१ बुधबार