सिद्धार्थ बैंकको उल्टो यात्रा, अधिकांश सूचक खस्किँदा वितरणयोग्य मुनाफा अत्यन्त कम ! खराब कर्जा दोब्बरले वृद्धि
आर्थिक संवाददाता
साउन २७, २०७७ बुधबार ०:७:४३
२७ श्रावण, काठमाडौं । मारवाडी बैंकको रुपमा परिचित सिद्धार्थ बैंकका पछिल्ला वित्तीय परिसुचकहरु खस्कँदो क्रममा लागेको देखिदैछ । बैंक आफैले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार खुद मुनाफामा आएको गिरावटदेखि वितरणयोग्य मुनाफा निकै थोरै हुनुले लगानीकर्ताले खासै राम्रो लाभांश पाउन मुस्किल-मुस्किल अवस्था देखिएको छ । मुख्य आम्दानीको श्रोतमा आएको वृद्धि भन्दा पनि तलव भत्ता शीर्षकमा बैंकले धेरै खर्च वृद्धि गरेकाे देखिएको छ ।
बैंकमा हाल केडिया समुहका मनोजकुमार केडिया अध्यक्ष रहेका छन् भने संचालक सदस्यहरुमा नरेन्द्रकुमार अग्रवाल, वीरेन्द्रकुमार साह, दिनेशशंकर पालिखे र राजेशकुमार केडिया छन् । त्यस्तै हसना शर्मा स्वतन्त्र संचालक रहेकी छन् । यसैगरी बैंकको उच्च व्यवस्थापनमा शम्भुनाथ गौतम सीईओको रुपमा कार्यरत छन् ।
सिद्धार्थ बैंकको आर्थिक वर्ष ०७६/७७ को चैाथो त्रैमास र आर्थिक वर्ष ०७५/७६ को चौथो त्रैमासलाई दाँजेर हेर्दा :
✍ खुद मुनाफामा गिरावट :
बैंकको खुद मुनाफामा गिरावट आएको छ । आर्थिक वर्ष ०७६/७७ को चौथो त्रैमाससम्म बैंकले २ अर्ब ९ करोड खुद मुनाफा गरेको छ भने आर्थिक वर्ष ०७५/७६को चौथो त्रैमाससम्म बैंकले २ अर्ब २५ करोड खुद मुनाफा गर्न सफल भएको थियो । यसरी खुद मुनाफामा ७ प्रतिशतको गिरावट आएको छ।
✍ प्रमुख आम्दनीको श्रोतमा २० प्रतिशतको वृद्धि हुँदा पनि किन घट्यो मुनाफा ?
बैंकको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा २० प्रतिशतको वृद्धि देखिएको छ तर कम्पनीको जोखिम बापत ७२ करोड ७८ लाख व्यवस्थापन गर्नुपरेको छ । आर्थिक वर्ष ०७५/७६ को चौथो त्रैमासमा बैंकले १८ करोड ८१ लाख मात्र जोखिम बापत व्यास्थापन गर्नु परेको थियो । त्यस्तै कर्मचारी खर्च शीर्षकमा पनि ३२ प्रतिशतको वृद्धि देखिएको छ । १ अर्ब ६८ करोडबाट कर्मचारी खर्च वृद्धि भएर २ अर्ब २३ करोड पुगेको छ । यसरी प्रमुख आम्दानीको श्रोत खुद व्याज आम्दानीमा बैंकले २० प्रतिशतको वृद्धि देखाए पनि यी दुई कारणले गर्दा बैंकको मुनाफामा गिरावट आएको हो ।
✍ प्रतिशेयर आम्दानी घट्यो
कम्पनीको हाल चुक्ता पुँजी ९ अर्ब ७८ करोड रहेको छ । चुक्ता पुँजीमा १० प्रतिशतको वृद्धि देखिएको र खुद मुनाफामा ७ प्रतिशतको गिरावट आएको कारणले गर्दा कम्पनीको प्रतिशेयर आम्दानी १६ प्रतिशतले कम हुँदै २१ रुपैयाँ ३८ पैसामा झरेकाे छ ।
✍ मूल्य आम्दानी अनुपात १४ गुणा :
कम्पनीको दोश्रो बजारमा श्रावण २६ गतेको बजार मूल्य ३०० लाई आधार मान्दा मूल्य आम्दानी अनुपात १४ दशमलव ०३ गुणा रहेको छ ।
✍ संचित मुनाफा घट्यो :
बैंकको संचित मुनाफा घटेको छ । बैंकको संचित मुनाफा ४८ प्रतिशतले घटेर ९४ करोड ४६ लाख पुगेको छ भने जगेडा कोष २४ प्रतिशतले वृद्धि हुँदै ५ अर्ब २४ करोड पुगेको छ । शेयर प्रिमियम शिर्षकमा कुनै रकम नै छैन ।
✍ निक्षेप संकलन र कर्जा प्रवाह राम्रै :
निक्षेप संकलन २१ प्रतिशतले वृद्धि हुँदै १ खर्ब ३९ अर्ब पुगेको छ भने कर्जा प्रवाह १८ प्रतिशतले वृद्धि हुँदै १ खर्ब २३ अर्ब पुगेको छ ।
✍ खराब कर्जा दोब्बरले वृद्धि :
खराब कर्जा १०८ प्रतिशतले वृद्धि हुँदै १ दशमलव ५६ प्रतिशत पुगेको छ । आर्थिक वर्ष ०७५/७६को चौथो त्रैमासमा खराब कर्जा शुन्य दशमलव ७५ प्रतिशत मात्र थियो ।
✍ स्प्रेडदर घटाउन सफल :
नेपाल रास्ट्र बैंकले व्याजदर अन्तर अर्थात स्प्रेडदरमा आउने असार मसान्तसम्म ४ दशमलव ४० प्रतिशत कायम गर्नुपर्ने सीमा कायम गरेपछि बैंकको स्प्रेडदर घटेर ४ दशमलव ३३ प्रतिशत पुगेको देखिन्छ ।
✍ किताबी मूल्य घट्यो :
कम्पनीको किताबी मूल्य वा प्रतिशेयर नेट्वर्थमा गिरावट आएको छ । प्रतिशेयर नेट्वर्थ १६९ रुपैयाँबाट घटेर १६३ रुपैयाँमा झरेकाे छ ।
✍ वितरण योग्य मुनाफा निकै कम :
कम्पनीले २ अर्ब ९ करोड खुद मुनाफा गरेपनि बैंकले विभिन्न जगेडामा रकम व्यवस्थापन, कर्मचारीलाई तालिम खर्च, रेगुलेटरी रिजर्व र सामाजिक उत्तरदायित्यवको लागि रकम राखेर जम्मा ८६ करोड ६४ लाख बाँकी रहन्छ । यही वितरण योग्य मुनाफालाई आधार मान्दा बैंकको लाभांश दिने क्षमता जम्मा ८ दशमलव ८५ प्रतिशत रहेको छ ।
✍ कम्पनीको सीसीडी अनुपात भने ७२ दशमलव ८५ प्रतिशत रहेको छ । बैंकले आधार व्याजदर भने कम गराउन सफल भएको छ । आधार व्याजदर थोरै घटेर ९ दशमलव ०३ प्रतिशत पुगेको छ ।
निस्कर्ष:
जोखिम बापत धेरै रकम व्यवस्थापन गर्नु परेको र कर्मचारी खर्चमा आएको वृद्धिको कारणले गर्दा कम्पनीको मुनाफा घट्न पुगेको हो । त्यस्तै कम्पनीको वितरणयोग्य मुनाफा एकदमै कम छ, जस्ले गर्दा लगानीकर्ताले आकर्षक लाभांश पाउने सम्भावना पनि कम छ। खराब कर्जा दोब्बरले वृद्धि भएको छ भने किताबी मूल्यमा गिरावट आउनुलाई बैंकको आधारभूत रुपमा पनि कमजोर हुँदै गएको देखिन्छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
रुसले आक्रमण बढाएपछि जेलेन्स्कीका सबै विदेश भ्रमण स्थगित
जेठ ३, २०८१ बिहिबार
मदन–जीवराज स्मृति दिवस आज मनाइँदै
जेठ ३, २०८१ बिहिबार
स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गर्ने नक्कली डाक्टरसहित २ जना पक्राउ
जेठ ३, २०८१ बिहिबार
चितवनको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज सनराइजर्स र गुजरातबीच खेल हुँदै
जेठ ३, २०८१ बिहिबार
पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन
जेठ ३, २०८१ बिहिबार