नक्कली नोट कारोबारी अन्सारी पक्राउ
नेपालबहस संवाददाता
साउन २९, २०७७ बिहिबार १५:२२:५५
२९ साउन, काठमाडौं । जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, पर्साले अन्सारीलाई पक्राउ गरेको हो । काठमाडौंको कमलादीबाट बरामद भएको भनिएको १५ किलो सुन प्रकरण (साढे १४ किलो धाँतु, आधा किलो सुन)मा पनि मुछिएका अन्सारीलाई पक्राउ गरिएपनि प्रहरीले थप विवरण खुलाएको छैन् ।
सुन चोरीमा प्रयोग भएको बा ६ च ५५११ नम्बरको स्कोर्पियो गाडी उनको भएकै कारण थप अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाई छ । बाराको प्रस्टोखा–२, हरपुर घर भएका अन्सारी वीरगञ्जमा पेम्ट्रोल पम्प चलाउँछन् ।
२०६८ सालमा बरामद भएको ५४ लाख ९५ हजार नक्कली भारतीय रुपैयाँको कारोबार गरेको आरोपमा उनी पक्राउ परेका थिए । त्यसपछि पनि उनी नक्कली नोटको कारोबार गरेको आरोपमा पक्राउ परेका थिए ।
नक्कली नोट कारोबारका कुख्यात युनुस अन्सारीसँग पनि उनको निकट सम्बन्ध रहेको प्रहरीको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार