प्रजातन्त्र जोगाउन नयाँ पुस्ता
नेपालबहस संवाददाता
साउन २९, २०७७ शुक्रबार २:२:२९
सम्पादकीय
२९ साउन, काठमाडौं । नेपाली कांग्रेस देशको सबैभन्दा जेठो राजनीतिक शक्ति हो । मुलुकमा भएका तीनवटा ठूला क्रान्तिको नेतृत्व यही शक्तिले गरेको छ । राणा, पञ्चायत र शाही शासनविरुद्ध नेपाली कांग्रेसले नै निर्णायक आन्दोलन ग¥यो । रमाइलो त के छ भने तीनवटै आन्दोलनको नेतृत्व स्थापनाकालकै नेताहरुले गरे । २००७ सालको जनक्रान्तिको लिडर बीपी कोइराला, सुवर्णशमशेर राणा, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायतले गरेका थिए ।
२०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको घाँटी निमोठेर ल्याएको एकतन्त्रीय पञ्चायती शासन व्यवस्था ढाल्न बीपीकै नेतृत्वमा लामो संघर्ष भयो । यसैक्रममा २०४६ मा भएको जनआन्दोलनको नेतृत्व पनि कांग्रेसकै लौह पुरुष गणेशमानले गरेका थिए । उनी पनि पहिलो पुस्ताकै नेता थिए । त्यसपछि २०५८ मा राजा ज्ञानेन्द्रले प्रजातन्त्रको हुर्मत लिए । त्यसविरुद्ध बिद्रोही माओवादीसहितको सात संसदवादी दलले गरेको दोस्रो जनआन्दोलनको नेतृत्व नेपाली कांग्रेसकै सभापति गिरिजाप्रसाद कोइरालाले गरेका थिए ।
८४ वर्षको उमेरमा सडकमा प्रहरीको लाठी खाएर लोकतन्त्र पुर्नवहाली गराउने आन्दोलनको नेतृत्व गर्ने कोइराला पनि पहिलो पुस्ताकै नेता थिए । तेस्रोपटक भएको जनक्रान्तिका नायक कोइरालाले त्यतिखेर भन्ने गर्थे – अब प्रजातन्त्रका लागि नयाँ पुस्ताले अर्काे आन्दोलन गर्न नपरोस् । हुनपनि प्रजातन्त्र प्राप्तिका लागि भएका सबै आन्दोलनको अगुवाई नेपाली कांग्रेसकै पहिलो पुस्ताका नेताले गरेका हुन् । त्यसैको बलमा अहिलेको पुस्ताले समेत लोकतन्त्रको स्वाद चाखिरहेको छ ।
दुर्भाग्य ! अहिले त्यही पार्टीको अगुवाई गर्ने नेता लोकतन्त्रको खिल्ली उडाउने प्रमुख पात्र बनेका छन् । नेपाली कांग्रेस चौधौं महाधिवेशनको संघारमा छ । महाधिवेशन प्रक्रिया शुरु भईसकेको छ । जसको अर्थ हो, अब आचारसंहितासमेत लागू भएको छ । तर पार्टी सभापति शेरबहादुर देउवा भने महाधिवेशन नै प्रभावित हुनेगरी भटाभट विभाग र पदाधिकारी मनोनयन गर्दैछन्, त्यो पनि एकपक्षीय रुपमा ।
देउवाको यो कदमको पार्टीमा चर्काे आलोचना भएको छ । विगतका अभ्यास र प्रजातन्त्रको मूल्य मान्यताको सम्मान गर्न युवा नेताहरुले सभापतिलाई आग्रहपूर्ण चेतावनी दिएका छन् । तर देउवा भने आफ्नै शूरमा निस्फिक्री बहुलठ्ठी पारामा हिंडिरहेका छन् । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत धेरै शीर्ष र वरिष्ठ नेताले समेत देउवालाई त्यसो नगर्न आग्रह गरे । तर देउवा भने मूर्खतापूर्ण अडानमा कायमै देखिए ।
लोकलाज समेत नढाकिने गरी देउवा निर्वस्त्र भएरै पार्टी कब्जा गर्ने अभियानमा योजनावद्ध ढंगले लागेको अवस्था छ । यसले प्रजातन्त्र र नेपाली कांग्रेसको परम्परागत नाता साइनो नै पुर्नपरिभाषित गर्नुपर्ने अवस्था सिर्जना भएको छ । देउवाको कार्यकालमा प्रजातन्त्र दरबारमा बुझाउने काम भएको आरोप अझै ताजै छ । लोकतन्त्र र कांग्रेस पर्यायवाची हुन् भनी विगतमा नेताहरुले स्थापना गरेको नजिर देउवाले टुकुचामा बगाईदिएका छन् । त्यसैले आगामी महाधिवेशनमा फेरि आन्तरिक लोकतन्त्र रक्षार्थ आम कांग्रेस एकजुट हुनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ ।
लोकतन्त्रको परिभाषा नै बदल्ने गरी हुन थालेका निर्लज्ज तौरतरिकालाई अब कांग्रेस नेता कार्यकर्ताले स्वीकार्ने की चुनौती दिने भन्ने मूल कुरा हो । देउवालाई चुनौती दिने हैसियत युवा पुस्तामा देखिन्छ । साम, दाम, दण्ड, भेद नीति अपनाएर भएपनि दोस्रो कार्यकालका लागि सभापति चुनिन देउवा अभिशप्त छन् । त्यसैका लागि उनले यस्ता गैरप्रजातान्त्रिक प्रणाली अपनाएका हुन् ।
देउवा दोस्रो कार्यकालका लागि यदि चुनिए भने नेपाली कांग्रेस भाई नेकपामा रुपान्तरण हुने धेरैको ठम्याई छ । त्यसैले युवा पुस्ताबीचको एकता र सहकार्य अझै मजबूत हुनु आवश्यक छ । अहिले चुनौती दिने युवा पुस्ताका नेताहरुको सक्रियता आगामी दिनमा अझै सशक्त र प्रभावशाली बन्नु आवश्यक छ । त्यसले मात्रै पुराना पुस्ताका नेताहरुले लडेर ल्याएको प्रजातन्त्र बलियो हुनसक्छ । नत्र फेरि अर्काे पुस्तासमेत प्रजातन्त्रका लागि बलिदानी दिन तयार हुनुपर्ने अवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम
जेठ ९, २०८१ बुधबार
जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै
जेठ ९, २०८१ बुधबार
कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै
जेठ ९, २०८१ बुधबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ९, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ९, २०८१ बुधबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार