भलिबल खेलाडीको कोरोना बीमा गरिने
नेपालबहस संवाददाता
साउन ३१, २०७७ शनिबार १७:४२:१६
३१ साउन, काठमाडौं । लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रष्टले नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीको खेलाडीको कोरोना बीमा गरिदिने भएको छ । ट्रष्टले नेपालमा गत वर्ष मङ्सिरमा सम्पन्न भएको १३औँ दक्षिण एसियाली खेलकूद ‘साग’ खेलेका महिला तथा पुरुष खेलाडीको बीमा गर्न लागेको हो ।
खेलाडीको आत्मबल बढाउने उद्देश्यले कोरोना बीमा गर्न लागेको ट्रष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । खेलाडीमा सानो भए पनि बीमाबाट राहत मिल्ने ट्रष्टले जनाएको छ । खेलाडीको कोरोना बीमा स्वागतयोग्य कुरा भएको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले बताए । “खेलाडीको कोरोना बीमा अहिलेको आवश्यकता हो, ट्रष्टले यो सराहनीय काम गरेको छ”, उनले भने।
खेलाडीको प्रशिक्षण भने तत्काल सम्भव नभएको उनको भनाइ छ । खेलाडीको प्रशिक्षण सरकारी निर्णय र कोरोना सङ्क्रमणको अवस्थामा निर्भर रहेको महासचिव चन्दले बताए । तेह्रौँ सागमा नेपाली महिला भलिबल टोलीले रजत पदक प्राप्त गरेको थियो । परुष भलिबल टोली भने समूह चरणबाटै बाहिरिएको थियो । हाल भलिबल खेलाडीहरु आ–आफ्नै ठाउँमा घरमै शारीरिक व्यायाम गरिरहेको उनले उल्लेख गरे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाललाई पराजित गर्दै बंगलादेश बन्यो च्याम्पियन
कात्तिक १४, २०८१ बुधबार
साफ महिला च्याम्पियनसिप: नेपाल र बङ्गलादेशबीचको फाइनल खेल जारी
कात्तिक १४, २०८१ बुधबार
नेपाल र बंगलादेशबीचको खेल हेर्न टिकट काट्नेहरु बिहानैदेखि लाइनमा
कात्तिक १४, २०८१ बुधबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
म्याद सकिए पनि हिरासतमै वित्ने भो रविको तिहार, २० गते मात्र अदालत लगिने
कात्तिक १५, २०८१ बिहिबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली
कात्तिक १५, २०८१ बिहिबार
ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित मुद्दामा मस्क अदालतमा उपस्थित हुने
कात्तिक १५, २०८१ बिहिबार
जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
माओवादी केन्द्र घरदैलो अभियानमा केन्द्रित छ : अध्यक्ष प्रचण्ड
कात्तिक १५, २०८१ बिहिबार
जन्मना साथ शिशुका थप चार परीक्षण गरिने
कात्तिक १५, २०८१ बिहिबार