सहारा विकास बैंकको हालत खराब, बिकेन् हकप्रद शेयरकाे लिलामी
नेपालबहस संवाददाता
भदौ ८, २०७७ मंगलबार ०:५:१२
८ भदौ, काठमाडौं । सहारा विकास बैंक लिमिटेडमा लगानीकर्ताको साथ र सहयोग नभएको पुष्टि हुँदै गएको छ । सर्लाही जिल्ला मलंगवा नगरपालिकामा केन्द्रिय कार्यालय रहेको याे बैंकको संस्थागत सुशासन कमजोर रहेको देखिएकाे छ ।
सहाराले लगानीकर्ताको सहारा खोजेको बेला गतिलो साथ र सहयोग भने पाउन सकेको छैन । एउटा मात्रै जिल्लामा कार्यक्षेत्र बनाएर काम गरिरहेको बैंकले निश्काशन गरेको संस्थापक समुहको लिलामी शेयरमा लगानीकर्ताले लगानी गर्न खासै रुची नदेखाएपछि सहारा विकास बैंक फेरि लगानीकर्ताको खोजीमा जुटेकाे हाे ।
बैंकका संचालकबीच द्वन्द्व हुँदा उनीहरुले हकप्रद शेयरमा लगानी नगरेको र त्यसको असर अहिलेसम्म पनि रहेको सहारा विकास बैंकका एक पूर्व कर्मचारीले नेपालबहस डटकमलाई बताए । यस बैंकको साधारण शेयर भने २०७४ जेठ २५ गते अन्तिम कारोवार ४६० रुपैयाँमा भएपछि बन्द भएको छ । दाेस्राे बजारमा कारोबार ठप्प भएपछि लगानीकर्ताको बेहाल भएको छ ।
लगानीकर्ताले संस्थापक शेयर खरिदमा चासो नदेखाएपछि पुन लिलामी निकाल्दै हकप्रद शेयरमा आवेदन दिने अवधि थप भएको छ । लिलामी गर्न लागिएको हकप्रद शेयरमा आगामी भदौ २३ गतेसम्म आवेदन दिन मिल्ने एनआईबीएल एस क्यापिटलले जानकारी दिएको छ ।
लगानीकर्ताहरु संस्थागत सुशासन चुस्त दुरुस्त रहेको, दोस्रो बजारको कारोबार अवस्था अब्बल रहेको र स्थापनाकाल देखिनै प्रगतिको बाटोमा लागेको संस्थामा लगानी गर्न उत्सुक हुन्छन् । बैंकले साउन ३० गतेदेखि भदौ ८ गतेसम्म बिक्री नभएको ९ लाख २१ हजार १ सय ४८.७० कित्ता हकप्रद लिलामीमा बिक्री गर्न आवेदन खुल्ला गरेको थियो ।
कोरोना महामारी बढेसँगै कम्पनीका शेयरधनीहरुले आवेदन दिन नपाएको गुनासो आएपछि अवधि थप गरेको एनआइबीएल एस क्यापिटलले बताएको छ । तर, कोरोना महामारीकै बीच सोही क्यापिटलमार्फत लिलामी शेयर आवेदन माग गरिएको केही इन्स्योरेन्स र कम्पनीका शेयरमा भने लगानीकर्ताले माग भन्दा धेरैको अधिक मुल्यमा आवेदन परेको थियो ।
हेर्नुहाेस् सहारा विकास बैंकका संचालक र व्यवस्थापन समुह
सहाराले बैंकले दुई वर्षअघि हकप्रद शेयर बिक्री गर्दा संस्थापक तर्फको उक्त कित्ता शेयर बिक्री भएको थिएन । क्यापिटलका अनुसार पहिले बैंकले लिलाम बिक्री खुला गरेको थियो । सो अवधिमा सबै बिक्री नभएपछि थप बिक्री गर्ने बारे निर्णय नगरिसकेकाले बिक्री खुला भएको थिएन । हाल बिक्री गर्न पत्र आएपछि बिक्री खुला गरेको बताइएको छ। सहाराले २०७५ जेठ ६ गतेदेखि असार २४ गतेसम्म हकप्रद बिक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापकतर्फको ९ लाख २१ हजार १ सय ४८.७० कित्ताको लागि आवेदन परेको छैन् ।
बैंकले यस अघि गत चैत १२ गते देखि १९ गतेसम्म लिलामीमा उक्त शेयर बिक्री गर्न लागेको थियो । तर सो समयमा कोरोना भाइरसका कारण नेपालमा लकडाउन भएसँगै शेयर बिक्री हुन पाएको थिएन । बैंकले लिलामी शेयरको न्यूनतम मूल्य एक सय रुपैयाँ तोकिदिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ। शेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताको लागि पनि आवेदन दिन सक्नेछन् ।
बैंकले २५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेकोमा लगानीकर्ताहरुले हकप्रद शेयरमा सोचेअनुरूप लगानी नगरेपछि बैंकको अधिक मात्रामा शेयर लिलामी गर्नुपर्ने अवस्था आएको हाे । हकप्रद निष्काशन ताका चुक्तापुँजी ७ करोड २९ लाख मात्र भएको सहारा विकास बैंकले २०७५ असारमा १ बराबर २.५ अनुपातमा १८ करोड २४ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गरेको थियो ।
संस्थापक शेयर ५१ प्रतिशत रहेको यस बैंकमा संस्थापकले ९ करोड ३० लाख ६८ हजार रुपैयाँ बराबरको शेयर सकार्नु पर्ने थियो । त्यसमध्ये संस्थापकले एक प्रतिशत शेयर पनि किन्न सकेका थिएनन् । संस्थापक शेयर नकिनेको जनाउँदै सहारा विकास बैंकले ९ लाख २१ हजार १४८ कित्ता शेयर लिलामीमा राखेको हो । पहिलो पटक २०७५ जेठ ६ गतेदेखि असार २४ गतेसम्म हकप्रद शेयर निष्काशन खुला गरेकामा बैंकका पूर्वलगानीकर्ताले शेयर नकिनेकोले मूल्य बढाबढमा बेच्न विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटललाई जिम्मा लगाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
बबईमा डुबेर दाजुभाइको मृत्यु
जेठ २, २०८१ बुधबार
लखनउमाथि दिल्ली १९ रनले विजयी
जेठ २, २०८१ बुधबार
हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने
जेठ २, २०८१ बुधबार
कस्तो छ आजको मौसम ?
जेठ २, २०८१ बुधबार
सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै,
जेठ २, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २, २०८१ बुधबार