भारतीय ट्रक प्रयाेग गरि भन्सार छल्ने गिराेहका ६ जनाविरूद्द मुद्दा दायर
नेपालबहस संवाददाता
भदौ ८, २०७७ मंगलबार १:२२:५९
८ भदौ, काठमाडौं । राजस्व अनुसन्धान विभागले भारतीय ट्रकमा फल्स बटम बनाइ भन्सारबाट नै चोरी गर्नेविरुद्ध मुद्दा दायर गरेको छ । चोरी पैठारी गरेर राजस्व चुहावट गर्नेहरु विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । भारतीय ट्रकमा फल्स बटम (छुट्टै नदेखिने क्याविन कोठा) वनाई रजनिश कुमार गुप्ता र राजु थापा भन्ने राजेन्द्र थापा समेत ६ जनाले भन्सार चोरी पैठारी गरी राजस्व चुहावटको कसूर गरेको अभियोगमा रु. ३,१९,७७,३७२/- (अक्षरेपी तीन करोड उन्नाईल लाख सतहत्तर हजार तीन सय बहत्तर मात्र) विगो कायम गरी उक्त विगो असूल उपर गरी जरिवाना र कैद समेतको माग दावी लिई गत भदाै ५ गते उच्च अदालत पाटन, ललितपुरमा मुद्दा दायर गरिएको हाे ।
बीरगञ्ज उप महानगरपालिका वडा नं. १० स्थायी ठेगाना भएका रजनिश कुमार गुप्ता, खैरहनी न.पा. ३ चितवन, स्थायी ठेगाना भएका थापा समेतले भारतीय कपडाहरु लुकाई छिपाई चोरी पैठारी गरि राजस्व चुहावट तथा छलि गरेकोले उक्त कार्य राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधन सहित) को दफा ३ ले निषेधित गरेको दफा ४ को खण्ड (क), (ख), (छ) र (झ) बमोजिमको कसुरजन्य कार्य गरेको विभागले उल्लेख गरेकाे छ ।
उक्त कार्यमा मालवस्तु ढुवानीकर्ता नेपाल लजिष्टिकका संचालक राजेन्द्र प्रसाद गुप्ता र बरामद मालवस्तु भएको ट्रकका चालक सुनिल कुमारको हकमा बरामद मालवस्तुको मूल्य रु.५३,२९,५६२।- (त्रिपन्न लाख उनान्तीस हजार पाँच सय बैसठ्ठी मात्र) विगो कायम गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन,२०५२ को दफा २३(१) बमोजिम जरिवाना तथा कैद सजाय माग गरिएकाे छ ।
अन्य प्रतिवादीहरु बारा जिल्ला कलैया नगरपालिका वार्ड नं. ८ आदर्शटोल स्थायी ठेगाना भई काठमाडाैंमा कपडा पसल संचालन गरि उक्त कार्यको व्यवस्थापन गर्ने रंजित कुमार गुप्ता र मेरव B 204 पञ्चवटी अपार्टमेन्ट बिकासीपुरी दिल्ली भारत स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिकाको सनराईज टावर धोवीघाटमा बसोबास गरी सृजन शर्मा नाम गरेका व्यक्तिका नाममा दर्ता भएको पशुपति ट्रान्सपोर्ट सोलुशन नामको फर्मबाट कारोवार गर्ने अनुप कुमार तथा रजनिश कुमार गुप्ता र राजेन्द्र थापाले यसरी फल्स बटमभित्र लुकाई पठाएको मालवस्तुहरु व्यवस्थापन गर्न मुख्य भूमिका खेल्ने कार्य गरेको पत्ता लागेकाे छ । निजहरुको हकमा उक्त बरामद विगोको अतिरिक्त उक्त ट्रकमा लुकाई छिपाई यो भन्दा पहिला पटक पटक गरी ५ पटक चोरी पैठारी गरी नेपाल ल्याई बिक्री वितरण गरी सकेको मालवस्तुको भन्सार चोरी पैठारीको भन्सार विगो रु.२,६६,४७,८१०।- समेत गरी जम्मा रकम रु.३,१९,७७,३७२।- (तिन करोड उन्नाइस लाख सतहत्तर हजार तीन सय बहत्तर) ऐनको दफा २(छ१) बमोजिम विगो कायम गरी मालवस्तु बरामद नभएको रु.२,६६,४७,८१०।- असुल उपर गरी गराई सोही ऐनको दफा २३(१) बमोजिम विगो बरावर जरिवाना हुन र असुल उपर गर्नुपर्ने माग गरिएकाे छ ।
विगोको हकमा दफा २३(४) बमोजिम व्याजसहित असुल उपर गरि पाउन तथा ऐनको दफा २३ (१) (ख) बमोजिम कैद सजाय समेत हुन साथै बरामद कपडा र उक्त कपडा ढुवानी गर्न प्रयोग भएको UP 78 CN 3465 नं. को भारतीय ट्रक समेत ऐनको दफा ३३ बमोजिम जफत गर्न मागदावी गरिएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भएको आगलागीको विवरण संकलन गरिँदै
जेठ ७, २०८१ सोमबार
८ नम्बरमा पर्यो उपेन्द्रको रिट, ढुंगानाको इजलासमा सुनुवाइ
जेठ ७, २०८१ सोमबार
गोदावरीको हाटखोली आन्तरिक पर्यटकको रोजाइमा
जेठ ७, २०८१ सोमबार
कांग्रेससहित विपक्षी दलहरुले गरे संसद अवरोध, १५ मिनेटका लागि बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
सुनको मूल्य तोलामा नौ सयले बढ्यो, चाँदीको कति ?
जेठ ७, २०८१ सोमबार