बर्दियाका बैंकहरुको चरम लापरवाही ! स्वास्थ्य मापदण्ड पालना लत्याउँदै, कोरोना भित्र्याउँदै
नेपालबहस संवाददाता
भदौ ९, २०७७ मंगलबार २३:२१:११
♦ दीपक शर्मा
९ भदौ, बर्दिया । बर्दियामा रहेका अधिकांश सरकारी तथा निजी बैंकहरुले सेवाग्राहीलाई स्वास्थ्य मापदण्ड पालना नगरी सेवा प्रवाह गर्ने गरेका कारण कोरोनाको जोखिम बढदै गएको छ । बर्दियामा रहेका राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडले बढदो कोरोनाको जोखिमलाई लापरवाही गरेको सेवाग्राहीहरुले बताएका छन् ।
बैंकहरुले स्वास्थ्य सम्बन्धि बनेको मापदण्डलाई बेवास्ता गरेको उदाहरण पछिल्लो पटक प्रमुख जिल्ला अधिकारीको अनुगमन टोलीले फेला पारेको हो । सरकारी बैंकहरु राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंक लिमिटेडले सेवाग्राहीलाई सामाजिक दुरी कायम नराखेको, कार्यालय प्रवेश गर्ने स्थानमा सावुनपानीको सहि व्यवस्थापन नगरेको तथा सेवाग्राहीलाई मास्क अनिवार्य , कार्यालय प्रवेश गर्दा अनिवार्य साबुनपानीले हात धुने व्यवस्था नगरेको पाइएको हो । बैंकहरुको लापरवाही यतिकैमा सिमित छैन् बैंकका कर्मचारी आफैले पनि मास्कको प्रयोग गरेको पाइएको थिएन ।
प्रमुख जिल्ला अधिकारी, उद्योग बाणिज्य संघ ,पत्रकार लगायतको टीमले गरेको अनुगमनका क्रममा नेपाल बैंक लिमिटेड गुलरियाका शाखा प्रमुख सिर्जना गिरीले मास्क प्रयोग नगरेको तथा सामाजिक दुरी समेत कायम नगरी बसेको , कार्यालयमा सेवाग्राहीको भीडलाई व्यवस्थापन नगरेको पाइएको हुदाँ यस्तो लापरवाही नगरी गम्भीर बन्न प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले निर्देशन दिएका छन् ।
राष्ट्रिय बाणिज्य बैंक गुलरिया बर्दियाका शाखा प्रबन्धक सुमन वस्यालले बाहिर भीड भएपनि काउन्टर प्रवेश गर्दा अनिवार्य मास्क प्रयोग गर्ने, तथा कार्यालय भित्र प्रवेश गर्दा सेनिटाइजरको व्यवस्था मिलाइएको बताएका छन् । अन्य बैंकको तुलनामा राष्ट्रिय बाणिज्य बैंकमा सधै भीडभाड बढी हुने गर्दछ । तर भीडभाडलाई मध्यनजर गर्दै जेष्ठ नागरिक, अपाङ्घलाई पहिलो प्राथमिकतामा राखेर सेवा दिईरहेको उनको दावी छ ।
अनुगमनका क्रममा सरकारी बैंक मात्र होइन निजी बैंकहरुले पनि लापरवाही गरेको पाइएको हो । सदरमुकामका बैंकहरुमा नै यस्तो किसिमको लापरवाही देखिएपछि अन्य क्षेत्रमा रहेका बैंकहरुले कस्तो गरिरहेका छन् भनेर सोझै अनुमान गर्न सकिने स्थानीयबासीहरुको भनाई रहेको छ । तर पनि केही बैंकहरुले कोरोना भाइरस (कोभिड १९) लाई मध्यनजर गर्दै सेवा प्रवाह गर्दा स्वास्थ्य सम्वन्धि मापदण्डलाई पालना गरेको पनि पाइएको छ ।
त्यस मध्येको एक हो कर्णाली विकास बैंक । गुलरियामा रहेको कर्णाली विकास बैंकले प्रवेश गेटमै २ जना बाहेक बढीलाई जान दिदैन् , कार्यालय प्रवेश गर्दा सावुनपानीले अनिवार्य हात धुने व्यवस्था मिलाइएको छ भने सेवा प्रवाह गर्दा स्वास्थ्य मापदण्डलाई पुर्णरुपमा पालना गरि दैनिक कार्य संचालन गरिरहेको बैंकका शाखा प्रमुख सुनिल गौतमले बताए ।
बर्दियामा रहेका अन्य बैकहरु बैंक अफ काठमान्डु , माछापुच्छे , लक्ष्मी बैंक, सिटिजन बैंक, भार्गव विकास बैक, एनआईसी एशियाया बैंक , एनसीसी बैंक , जनता बैंक , नमस्ते वचत तथा ऋण सहकारी संस्था , एभरेष्ट बैंक लगायतका बैकहरुमा सामाजिक दुरी कायम गरी सेवा प्रवाह गरिएको छैन् । बर्दियामा पछिल्लो पटक निजी बैंकहरुमा कार्यरत कर्मचारीहरुलाई नै कोरोना संक्रमित भएको पाइएको छ । जसका कारण केही दिनका लागि शिल गरिएका ती बैंकहरु पुन संचालनमा आएका छन् ।
कोरोनाको उच्च जोखिममा रहेको बर्दियामा गएको साउन २२ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । सो निषेधाज्ञा भदौ ५ गतेबाट हटाइएपछि प्रमुख जिल्ला अधिकारीसहित उद्योग व्यापार संघको टीमले गरेको अनुगमनमा व्यापारी तथा बैंकहरुले सेवा दिदाँ स्वास्थ्य मापदण्डको पालना गरेका छन् वा छैनन् भनि अनुगमन गर्ने सिलसिलामा व्यापार व्यवसाय गर्ने व्यापारीहरुले भने ग्राहकका लागि सावुनपानीको व्यवस्था गरिएको पाइएको उद्योग बाणिज्य संघ जिल्ला समन्वय समिति बर्दियाका अध्यक्ष वीरु चौधरीले बताए । तर पनि अझैं सचेतनाको आवश्यकता रहेको उनले औल्याए ।
प्रमुख जिल्ला अधिकारी अधिकारीले बर्दिया उच्च जोखिममा रहेको हुदाँ निषेधाज्ञा हटेपछि खोलिएका पसल तथा बैंकहरुले कसरी सेवा प्रवाह गरिरहेका छन भनेर अनुगमन गरिएको बताए । साथै उनले केही बैंक तथा व्यापारीहरुले स्वास्थ्य मापदण्ड पालना नगरेको पाइएको हुँदा तिनीहरुलाई पालन गर्न आग्रह गरेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार