सागमा सहभागी बक्सिङ खेलाडीको कोरोना बीमा
नेपालबहस संवाददाता
भदौ १०, २०७७ बिहिबार २:१४:२५
१० भदौ, काठमाडौं । गत वर्ष नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकूद ‘साग’ मा सहभागी बक्सिङ खेलाडीको कोरोना बीमा गरिएको छ । सागमा सहभागी बक्सिङका १६ खेलाडी तथा दुई प्रशिक्षकको बीमा गरिएको हो ।
पूर्व बक्सिङ खेलाडी एवं नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले व्यक्तिगत खर्चमा १८ जनाको जनही रु एक लाखका दरले बीमा गरेका हुन । विसं २०७६ मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना गरिएको १३औँ सागमा नेपालबाट १० पुरुष र छ महिला बक्सिङ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
नेपालले प्रतियोगितामा बक्सिङतर्फ तीन स्वर्ण, छ रजत र छ कास्य पदक प्राप्त गरेको थियो । सागमा सनिल शाही, भूपेन्द्र थापा र मीनु गुरुङले स्वर्ण जितेका थिए । यस्तै गणेश प्रधान, आशिष दुवाडी, ललिता महर्जन, माला राई, संगीता सुनार र पुनम रावलले रजत तथा विकास लामा, अर्जुन सिगु, सुशील थापा, तेजबहादुर देउवा, पुरन राई र चन्द्रकला थापाले कास्य पदक प्राप्त गरेका थिए ।
सागमा सहभागी खेलाडीलाई प्रशिक्षण दिएका बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर र प्रवीण तुलाधरको पनि बीमा गरिएको पुर्व बक्सिङ खेलाडी श्रेष्ठले जानकारी दिए । कोरोना भाइरसको महामारीको समयमा खेलाडी र प्रशिक्षकको ज्यान जोखिममा भएकाले बीमा गरिदिएको उनले बताए । बीमा पोलिसी एकमुष्ट रुपमा प्रमुख प्रशिक्षक थापा मगरलाई हस्तान्तरण गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी
जेठ २, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
वर्षाले खेल रद्द भएसँगै गुजरात प्लेअफबाट बाहिरियो
जेठ १, २०८१ मंगलबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार
स्लोभाकियाका प्रधानमन्त्री फिकोमाथि गोली प्रहार
जेठ २, २०८१ बुधबार
प्रतिकूल मौसमले सगरमाथा आरोहण प्रभावित
जेठ २, २०८१ बुधबार
सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्न पाउने
जेठ २, २०८१ बुधबार