उन्नति सहकार्यको शेयर नेप्सेमा सुचीकृत, भदौ १४ बाट कारोबार खुल्ने
नेपालबहस संवाददाता
भदौ ११, २०७७ शुक्रबार १:५७:३७
११ भदौ, काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको १४ लाख ९५ हजार ३६६.५० कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकरण भएसँगै कारोबार खुलेको छ । उन्नति र सहकार्य लघुवित्त आपसमा १ बराबर ०.७५ कित्ता शेयर अनुपातमा एक आपसमा मर्ज प्रक्रियामा गएपछि रोकिएको शेयर कारोबार नेप्सेला आजबाट दोस्रो बजारमा काराेबारका लागि खुल्ला गर्ने निर्णय गरेको हो ।
आज सुचीकरण भएको लघुवित्तको प्रतिशेयर १०० अंकित तथा चुक्ता मूल्यकाे १४ लाख ९५ हजार ३६६.५० कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको हो । शेयर स्वाप रेसियो अनुसार शेयर उन्नति सहकार्यको नाममा सूचीकृत गरिएको हो । अब दुवै कम्पनीका शेयरधनीले उन्नति सहकार्य लघुवित्तको नामबाट शेयर कारोबार गर्न सक्नेछन् ।
उन्नति र सहकार्य एक आपसमा मर्ज भएर गत असार २६ गतेदेखि एकीकृत कारोबार गरेका थिए। सहकार्य लघुवित्तसँग २०७६ साउन ९ गते मर्जरमा जाने समझदारी गरेपश्चात उन्नतिको शेयर कारोबार साउन १०बाट रोक्का गरिएको थियो । अब यसका लगानीकर्ताले उन्नति सहकार्यको नामबाट १३ महिनापछि कारोबार गर्न पाउने भएका छन् ।
लघुवित्तको शेयर भदौ १४ गते, आइतबारदेखि कारोबार हुनेछ । लघुवित्तको शेयर ६३३.४८ रूपैयाँबाट कारोबार हुनेछ। साउन ९ गते बिहीबार लघुवित्तको शेयर प्रतिकित्ता ८७८ रुपैयाँमा कारोबार भएको थियो। यसअघि ‘यूएमबी’ रहेको उन्नतीको स्टक टिकर भने केही परिमार्जन भई ‘यूएसएलबी’ कायम गरिएको नेप्सेले बताएको छ।
रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको उन्नतिले १५ जिल्लामा शाखा विस्तार गरेको छ। सर्लाहीमा केन्द्रीय कार्यालय रहेको सहकार्यले १० जिल्लामा शाखा विस्तार गरी काम गर्दै आएका थिए । दुबै वित्तीय संस्थाको गत पुस १९ गतेको साधारण सभाले गाभ्ने तथा गाभिने प्रस्ताव पारित गरेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
सन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
के हो वेशी योग, कसरी बन्छ कुंडलीमा ?
जेठ २, २०८१ बुधबार
सेतीमा पुल निर्माण अलपत्र अवस्थामा
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा
जेठ २, २०८१ बुधबार
ऐतिहासिक कोतगढीसँगै देखिएको दैलेख सदरमुकाम
जेठ २, २०८१ बुधबार