विद्यालयको ढोकाले कासको छोराको लियो ज्यान
नेपालबहस संवाददाता
भदौ १४, २०७७ आइतबार २३:५२:३५
◊ धीरुभाइ
१४ भदौ, सप्तरी । विद्यालयको फलामे ढोकामा किचिएर सप्तरीको रुपनी गाउँपालिका ४ छप्की भथौलस्थित कार्यालय सहयोगीको ११ वर्षीय छोराको मृत्यु भएको छ । वडा नम्बर ४ स्थित आधारभूत विद्यालय प्रवेशद्वारको फलामे ढोका झरेर किचिँदा सोही विद्यालयका कार्यालय सहयोगी चन्द्रशेखर प्रमाणिका ११ वर्षीय छोरा उपेन्द्र प्रमाणीको शनिबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
लकडाउन तथा जारी निषेधाज्ञाका कारण विद्यालय बन्द रहदाँ सुरक्षाको लागि बुबासँगै बालक सोही विद्यालयमा बस्दै आएका थिए । टाउँको र छातीमा गहिरो चोट लागेर गम्भिर घाइते भएका बालकलाई तत्काल उपचारका लागि रुपनी गाउँपालिका २ रायपुर स्थित युनिक अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषित गरेको थियो ।
हिजो शनिबार दिउँसो वडा अध्यक्ष छेदी इसरले सो विद्यालयमा नेकपाको वडास्तरीय भेलाको आयोजना गरेको बताए । कार्यक्रम अबेर साँझ सकिदा सहभागिहरु फर्किए पनि ढोका खुल्लै छोडेका थिए । ढोका खुल्ला देखेपछि विद्यालयमै रहेका उपेन्द्रले ढोका लगाउने क्रममा अचानक शरीरमा झरेर सो दुर्घटना भएको बताइएको छ ।
यता गाउँपालिकाका अध्यक्ष हरेराम यादवले दुई महिनाअघि मात्र सो विद्यालयको प्रवेशद्वारमा उक्त ढोका जडान गरिएको जानकारी पाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले मृतकको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राखिएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार