त्रिशुली एम्बुलेन्स दुर्घटनामा घाइते रानाको मृत्यु
नेपालबहस संवाददाता
भदौ १६, २०७७ मंगलबार १७:३५:३०
१६ भदौ, चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ पानीधारामा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा सर्लाहीको वरहथवा–२ का १५ वर्षीय बादे रानामगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार घाइते रानामगरको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । अन्य घाइतेको अवस्था मध्यम रहेको र सोही अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।
काठमाडौँबाट बिरामी लिएर सर्लाही जानका लागि आउँदै गरेको ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आफैँ अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल त्रिशूली नदी किनारमा खस्दा चालकसहित एम्बुलेन्समा सवार सबै घाइते भएका छन् । दुर्घटना बिहान ५ः१५ बजे भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार