जनजातिका नाममा लादिएकाे आरक्षणले समुदायकाे विकास हुँदैन्
इन्द्र रिजाल
भदौ १६, २०७७ बुधबार ०:४०:४१
मानिस वाँदरकाे निश्चित प्रजातिबाट विकाश भएकाे कुरा बैज्ञानिक रूपमा पुष्टि भईसकेकाे छ । यसर्थ सबै मानवहरू वाँदरका सन्तान हुन र आदिबासी हुन् । ओठ,नाक, आँखा, छालाकाे रंग र उचाई एकअर्काे समुहसँग नमिल्ने भएकाले त्यसका आधारमा उनीहरूलाई विभिन्न “प्रजाति(Race) समुहमा वर्गीकरण गरिएकाे पाईन्छ ।
तिनै प्रजाति(Race) लाई नेपालमा राजनीतिका टाठा-बाठाहरूले आदिबासी-अनादिबासी जनजाति भनेर बिभाजन गर्ने-भड्काउने, सपना बाँड्दै, भ्रममा पार्दै, प्राप्त हुने आरक्षण तथा लाभकाे पद आफ्नै नजिकका नातेदारहरूमा बाड्ने र शेष पद माेटाे रकममा खरिदबिक्री गर्ने काम गरिआएका छन । प्रजाति (Race) बाहेकका आधारमा मानव समुहलाई वर्गीकरण गरेर लाभ लिने ती राजनीतिक पात्रहरू प्रष्ट भईसकेकाले सजग हुन जरूरी भईसकेकाे छ ।
“जनजाति” शब्द समाजमा छरिएकाे यस्ताे ‘भ्रम’ हाे । जुन लामाे समयसम्म समाजमा ‘जाति’ व्यवस्था झैं रहने निश्चित छ । मानव समूह, समुदायलाई यही नारामा बिद्वेस फैलाउँदै चिरकालसम्म ‘भाेट बैंक’ बनाउने र सत्ता र शक्तिमा पुग्ने टाठा-बाठाहरूकाे “खेल” हाे । पछाडि परेकाहरूलाई समृद्ध बनाउने र मुलुकमा सदा भाईचारा कायम गर्ने हाे भने प्रजातिहरू बीच बिद्वेस फैलाउने, बिभेदकाे बीउ राेप्ने र आफु चाहिँ राजनीतिक लाभ हत्याएर सुरक्षित रहने ती पात्रहरूलाई चिन्न जरूरी छ ।
प्रजातिहरू बीच आदिबासी-अनादिबासी भनी विभेद र बिभाजन गर्ने कार्यले उनीहरूमा बिभेद मात्र गरेकाे छैन् । उनीहरू भित्रै लुट भएकाे छ । सिमित आरक्षण र त्यसकाे सुविधा राजनीतिक पहुँच भईकाहरूले मात्र प्रयाेग गरिरहेकाले तथाकथित आदिबासीहरू झन-झन पछि परेका मात्र हाेईन दुईकदम पछाडि धकेलिएका छन् । बहुदलीय व्यवस्थाकाे पुनर्स्थापनापछि उनीहरूले ‘जनजाति’ शब्द उत्पति गरेर, नागरिकमा बिभाजन गर्दै राजनीतिक लाभ चाहिँ घुमाई फिराई आफुले लिईरहेका छन् ।
आर्थिक,सामाजिक र राजनीतिक रूपमा पछि परेका व्यक्तिहरू सबै समुदायमा छन् । साथै सबै जाति-जनजातिका मानिसहरू समाजकाे उच्च स्थानमा रहेका छन । जनजातिकाे वकालत गर्ने टाठाबाठाले एउटा कुरा हेक्का राख्न जरूरी छ,त्याे के भने “कानुनकाे दृष्टिमा सबै समान छन् र राज्यकाे समान संरक्षकत्वमा” रहेका छन । यी कुराहरू बिर्सिएकाे स्वाङ रचेर नागरिकहरू बीच विभिन्न नाममा सामाजिक सद्भाव बिथाेल्नेसम्मकाे कुकृत्य गर्नु अत्यन्त लज्जाजनक कुरा हाे ।
‘जन’ भनेकाे ‘मानव’ हाे । मानवका पछाडि ‘जाति’ शब्द राखेर ‘जनजाति’ परिभाषित गरि मानव समुदायलाई ‘स्तरीकरण’ गर्नु गम्भीर कसुर हाे । ‘जाति’ व्यवस्थाले गाँजेकाे नेपाली समाजमा समानान्तर रूपमा ‘जनजाति’ शब्द संस्थागत रूपमा राख्नु एक्काईसाै शताब्दीकाे अत्यन्त घृणित कार्य हाे । याे जत्तिकाे “घृणित र निन्दनीय” कार्य मानव समुदायमा अर्काे हुन सक्दैन् ।
जनताहरू बीच बिभाजन र बिद्वेस फैलाई त्यसकाे “राजनीतिक लाभ” लिने उदेश्यले नै “जनजाति” शब्द निर्माण गरिएकाे हाे । जबरजस्ती लादिएकाे आरक्षणले “समग्रता (Whole) काे प्रतिनिधित्व त हाेला तर समग्र समुदायकाे विकाश हुन सक्दैन ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण
जेठ ८, २०८१ मंगलबार
‘बौद्ध दर्शनको सान्दर्भिकता सर्वदा रहन्छ’
जेठ ८, २०८१ मंगलबार
भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन
जेठ ८, २०८१ मंगलबार
जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने
जेठ ८, २०८१ मंगलबार
सहकारी प्रकरण : छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै
जेठ ८, २०८१ मंगलबार