मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
नेपालबहस संवाददाता
भदौ १८, २०७७ बिहिबार १३:२८:१
१८ भदौ, लहान । सिरहा–चोहर्वा सडक खण्डअन्तर्गत सिरहा नगरपालिका–११ भलुवाहीस्थित सडकमा गएराति दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् ।
सदरमुकाम सिरहाबाट चोहर्वातर्फ आउँदै गरेको स४प ४६१० र चोहर्वाबाट सिरहातर्फ जाँदै गरेको स४प ७९२१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा सिरहाको धनगढीमाई नगरपालिका १० निवासी ५१ वर्षीय दीपककुमार पंजियार र सिरहा नगरपालिका ९ गुलरीया निवासी ३५ वर्षीय सिल्टु ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाईते पंजियारको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा र ठाकुरको उपचारको लागि लहानतर्फ लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए ।
सोही दुर्घटनामा परी सिरहा नगरपालिका ९ गुलरीया निवासी ३५ बर्षीय जितेन्द्र महरा भन्ने शिवकुमार महरा गम्भीर घाईते भएको र उनको भुमिजा अस्पताल लहानमा उपचार भई रहेको प्रहरी प्रवक्ता घिमिरेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते
जेठ २१, २०८१ सोमबार
चितवनमा पर्यटक बोकेको जिप दुर्घटना, ६ भारतीय पर्यटक घाइते
जेठ २०, २०८१ आइतबार
मुगुमा यार्सागुम्बा संकलन गर्न गएका ४ जनाको मृत्यु, एक सिकिस्त
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
बढेको कोलेस्ट्रोल छिट्टै नियन्त्रणमा आउनेछ, आजबाटै गर्न थाल्नुहोस् ५ काम !
जेठ २०, २०८१ आइतबार
बजेटमाथिको छलफल छाडेर हिँडे सांसद, सदन खाली
जेठ २१, २०८१ सोमबार
निःशुल्क स्वास्थ्य शिविरबाट ६५० जना लाभान्वित
जेठ २१, २०८१ सोमबार
विश्वासघात गरी एक करोड ठगेको आरोपमा चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ
जेठ २१, २०८१ सोमबार
बालुवाटारमा बोलाएर टीआरसीको कुरा उठाएपछि सभापति देउवाले हप्काए प्रधानमन्त्रीलाई
जेठ २१, २०८१ सोमबार
संसदमा उत्साह छैन, वाक्क लागेर निदाएछु: चित्रबहादुर केसी
जेठ २१, २०८१ सोमबार
सशस्त्र प्रहरीद्धारा नेपाल चीन सीमाका स्तम्भको अनुगमन
जेठ २१, २०८१ सोमबार