नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी
आर्थिक संवाददाता
भदौ १८, २०७७ शुक्रबार १:५:२६
१८ भदाै, काठमाडाैं । जीवन बीमा कम्पनीहरू मध्य सधैं १ नम्बरमा रहँदै आएकाे नेपाल लाईफ इन्स्योरेन्स नेपालकै सबै भन्दा धेरै प्रिमियम संकलन गर्ने जीवन बीमा कम्पनी हो । कम्पनीले आक्रामक रुपमा प्रिमियम संकलन गरेर अरू जीवन बीमा कम्पनीहरूलाई सधैं उछिने पनि कम्पनीले बीमकहरूलाई अर्बौ रुपैयाँ दावी भुक्तानी भने गर्न बाँकी देखिएकाे छ ।
कम्पनी आफैले सार्वजनिक गरेकाे आर्थिक वर्ष ०७६/७७ को वित्तीय विवरण अनुसार नेपाल लाईफ इन्स्योरेन्सले १ अर्ब ६१ करोड रुपैयाँ बीमकहरूलाई भुक्तानी गर्न बाँकी छ । जीवन बीमा कम्पनी मध्ये सबै धेरै भुक्तानी हुन बाँकी दावी नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ ।
सञ्चालकहरु:-
फेरी कम्पनीले एक वर्षको अवधिमा भुक्तानी हुन बाँकी दावी रकम घटाँउदै गएको पनि होइन । अघिल्लाे आ.व. ०७५/७६ मा १ अर्ब १५ करोड भुक्नाती हुन बाँकी दावी रकम थियो । १ वर्षको अवधिमा सो रकम करिब ४० प्रतिशतले वृद्धि भएको हाे ।
नयाँ जीवन बीमा कम्पनीहरुमा दावी भुक्तानी निकै सबल रहेका छन् । कतिपय बीमा कम्पनीहरूकाे विवरणा हेर्दा भुक्तानी हुन बाँकी रकम नै देखिदैन् । यसको अर्थ उनीहरुले कम्पनीमा आएको दावी भुक्तानी शतप्रतिशत गरेका छन् । फेरी पुराना बीमा कम्पनी जस्तै सूर्या लाईफ, गुराँस लाईफहरु, प्राईम लाईफमा पनि भुक्तानी हुन बाँकी दावी रकम निकै कम रहेको छ ।
उच्चतहका कर्मचारीहरु:
यसरी दावी भुक्तानीमा अर्बौ रुपैयाँ देखिनु पक्कै पनि नेपाल लाईफ इन्स्योरेन्सको लागि मात्र हाेइन तमाम बीमितहरूका लागि पनि राम्रो कुरा होइन । यसको एउटा कारण भनेको भुक्तानी प्रक्रिया ढिलो गरेर सो रकम बराबरको व्याज खाने वा अर्को कारण भनेको व्यापार वृद्धि गर्ने नाममा अन्धाधुन्ध जीवन बीमा गराउँदा समस्या आएको हुनसक्छ ।
नयाँ जीवन बीमा कम्पनीहरुले शतप्रतिशत भुक्तानी गरेको तथ्याङ्क आउँदा निकट भविष्यमा नेपाल लाईफलाई भने केही अप्ठेरो पर्नसक्ने छ । खासगरि बीमितहरूले यस कम्पनीमा बीमा गराउँदा सहज भएपनि दावी भुक्तानी लिदाँ निकै सास्ती व्यर्हाेनु पर्ने देखिएकाे छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल
चैत २०, २०८० मंगलबार
नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न
चैत ६, २०८० मंगलबार
बोनस शेयरमा लाग्ने कर तिर्न शेयरधनीलाई आग्रह
चैत ६, २०८० मंगलबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार
स्लोभाकियाका प्रधानमन्त्री फिकोमाथि गोली प्रहार
जेठ २, २०८१ बुधबार