सरकारी ल्याबबाहेक अरुले गरेको कोरोना परीक्षणलाई मान्यता नदिन बीमा समितिकाे निर्देशन
नेपालबहस संवाददाता
भदौ २०, २०७७ शनिबार १३:५१:५५
२० भदाै, काठमाडाैं । सरकारी ल्याबबाहेक अरुले गरेको कोरोना परीक्षणलाई मान्यता नदिन बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले बिहीबार कोरोना बीमालेख बिक्री गरिरहेका २० वटै निर्जीवन बीमा कम्पनीलाई परिपत्र गर्दै त्यस्तो निर्देशन दिएको हो ।
बीमा समितिले बिहीबार जारी गरेको निर्देशनमा कोरोना बीमा मापदण्ड २०७७ को परिच्छेद ३ को दफा ११ अनुसार नेपाल सरकार स्वस्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएमा मात्रै भुक्तानी गर्ने व्यवस्था गर्न भनिएको छ ।
यो व्यवस्थाले सरकारबाट कोरोना परीक्षण अनुमति पाएका अन्य स्वास्थ्य संस्थाको रिपोर्टलाई मान्यता नदिने स्पष्ट पारेको हो । समितिका प्रवक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले यो मापदण्ड पुरानै भएको बताउँदै त्यो व्यवस्थाबारे बीमा कम्पनीहरुलाई सम्झाउने काम मात्रै आफूहरुले गरेको बताए ।
संक्रमितका लागि ५० हजारदेखि १ लाख रुपैयाँको कोरोना बिमा गरिएको छ । कोरोना पोजेटिभ देखिने बित्तिकै भुक्तानी पाउने भएकाले पछिल्लो समय धेरैले यस्ता फर्जी रिपोर्टहरु बनाइएको तथ्य खुलेपछि बिमा समितिले कडाई गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु इन्स्योरेन्सको साधारणसभा आज, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै
बैशाख २०, २०८१ बिहिबार
नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजीएम, के-के छन एजेण्डा ?
बैशाख ३, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
संसद अवरोध हटाउन सत्ता पक्षका तीन नेता छलफलमा
जेठ २, २०८१ बुधबार
विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो
जेठ २, २०८१ बुधबार
किसानलाई अनुदानमा ५४ हजार माछाका भुरा वितरण
जेठ २, २०८१ बुधबार
उदीपुर-रिठ्ठेबगर-नौथर सेरा सडक निर्माण सुरु
जेठ २, २०८१ बुधबार
महानगरको पार्क र ट्राफिक आइल्याण्डको सुन्दरतामा काम गर्न ११० जना परिचालन
जेठ २, २०८१ बुधबार