एनओसीले ओलम्पियन खेलाडीको कोरोना बीमा गर्ने
नेपालबहस संवाददाता
भदौ २०, २०७७ आइतबार १:५१:५३
२० भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटी ‘एनओसी’ले सम्पूर्ण ओलम्पियन खेलाडीको कोरोना बीमा गर्ने भएको छ । कमिटीको आज बसेको भर्चुअल बैठकमा ओलम्पिक खेलाडीको कोरोना बीमा गर्ने निर्णय गरिएको हो ।
बैठकले ओलम्पियनसँगै हाल ओलम्पिकको तयारी गरिरहेका खेलाडी, प्रशिक्षक, ओलम्पिक कमिटीका सदस्य तथा कर्मचारीको समेत कोरोना बीमा गर्ने निर्णय गरेको छ ।
सो अवसरमा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ तथा अन्य तीन कर्मचारी कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको जानकारी गराइएको थियो । केही दिन अघि कोरोनाबाट संक्रमित हुनु भएका ओलम्पियन जीतबहादुर केसीको स्वास्थ्यलाभको समेत कामना गरिएको कमिटीले जनाएको छ ।
नुवाकोट हाप्किडो च्याम्पियन
नेपाल मार्शल आर्ट्स हाप्किडो सङ्घको व्यवस्थापन तथा नुवाकोट मार्शल आर्ट्स हाप्किडो सङ्घको आयोजनामा भएको प्रथम राष्ट्रिय भर्चुअल सेल्फ हाप्किडो च्याम्पियनसिपमा आयोजक टोली नुवाकोट च्याम्पियन बनेको छ ।
आज सम्पन्न भएको सो प्रतियोगितामा नुवाकोटका चार खेलाडीले स्वर्ण पदक जितेका छन् । नुवकोटका समिर गुरुङ, दिनेश गुरुङ, निमेष गुरुङ र मनराज गुरुङले स्वर्ण प्राप्त गरेको आयोजक संथाका अध्यक्ष मनोज गुरुङले जानकारी दिए।
यस्तै दाङको टोली दोस्रो तथा कास्कीको टोली तेस्रो भयो । दाङका चेतन वली र गोपाल विकले तथा कास्कीका कृतिका गिरी र अन्जना परियारले स्वर्ण पदक जितेका छन् ।
स्वर्ण पदक जित्नेलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिएको अध्यक्ष गुरुङले बताए । प्रतियोगितामा रजत प्राप्त गर्ने खेलाडीलाई जनही रु सात हजार पाँच सय तथा कास्य पदक पाउने खेलाडीलाई जनही रु पाँच हजार प्रदान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी
जेठ २, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
वर्षाले खेल रद्द भएसँगै गुजरात प्लेअफबाट बाहिरियो
जेठ १, २०८१ मंगलबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
जेठ ३, २०८१ बिहिबार
प्रतिनिधिसभाको बैठक आज बस्दै, कांग्रेसको अवरोधले चल्छ त संसद ?
जेठ ३, २०८१ बिहिबार
१० महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
जेठ ३, २०८१ बिहिबार
कस्तो छ आजको मौसम ?
जेठ ३, २०८१ बिहिबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार