सप्तरीमा अदालत, विद्युतका कर्मचारीसहित थप १८ जनालाई कोरोना
नेपालबहस संवाददाता
भदौ २१, २०७७ आइतबार २२:९:५५
◊ धीरुभाइ
२१ भदौ सप्तरी । सप्तरीमा अदालत, विद्युत, प्रहरीसहित आइतबार थप १८ जनामा कोरोना संक्रमण भेटिएको छ । संक्रमण पुष्टि भएकामध्ये दुई जना महिला छन । यो सँगै जिल्लामा अहिलेसम्म संक्रमितको संख्या ९१६ पुगेको छ । स्वास्थ्य कार्यालयका निमित प्रमुख दुनियालाल यादवका अनुसार आज थपिएका संक्रमितहरुमा सप्तरी अदालतका चार, विद्युत प्राधिकरण राजविराजका तीन, एक प्रहरी, राजविराज नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका पाँच÷पाँच जना रहेको छ ।
अदालतका ५२, २५, ३४ वर्ष र उमेर नखुलेका एक पुरुषमा कोरोना संक्रमण भेटिएकोे जानकारी दिए । राजविराज स्थित विद्युत प्राधिकरणका उमेर नखुलेका तीन पुरुष रहेको छन भने एक जना ३३ वर्षीय पुरुष प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका शर्मिला चौधरीले जानकारी दिए ।
त्यस्तै राजविराज नगरपालिका वार्ड नम्बर ४ का ७० वर्षीय पुरुष, वार्ड नम्बर नखुलेको ३५ वर्षीय पुरुष, वार्ड नम्बर ७ का २७ वर्षीया महिला, वार्ड नम्बर २ का २२ वर्षीय पुरुष र १४ वर्षीया महिलामा संक्रमण भेटिएको उनले बताइन । उनीहरुको स्वाब परीक्षण गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको कोभिड प्रयोगशालामा गरिएको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया इन्सपेक्टर नारायणप्रसाद राउत बरैले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
एस्ट्राजेनेकाले विश्वभरबाट कोरोना भाइरसको खोप फिर्ता लिँदै
बैशाख २६, २०८१ बुधबार
बढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
जेठ ९, २०८१ बुधबार
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार