दशगाजा क्षेत्रमा भारतीय नागरिककाे कुटपिटबाट घाइते एक नेपालीको मृत्यु
नेपालबहस संवाददाता
भदौ २२, २०७७ सोमबार १९:३०:१५
◊ धीरुभाइ
२२ भदौ, सप्तरी । भारतीय नागरिकको कुटपिटबाट गम्भिर घाइते सप्तरीको डाक्नेश्वरी नगरपालिका वार्ड नम्बर–६ कटैया बस्ने ५५ वर्षीय रामदेव यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।
नेपाल–भारत सीमाको दशगाजा क्षेत्रमा नेपालीको धानबाली भैसीलाई खुवाएको विषयमा भएको कुटपिटबाट घाइते उनको सोमबार मृत्यु भएको छ । घाइते यादवको उपचारको क्रममा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा मृत्यु भएको हो । मृतकको त्यहाँ पोष्टमार्टम गरी शव गृह नगर ल्याउने तयारी भइरहेको प्रनाउ भारतीले जानकारी दिए ।
दशगाजा क्षेत्र नजिक नेपाली नागरिकले खेतमा लगाएको धानबाली भारत बिहारको मधुवनी जिल्ला लौकही प्रखण्ड ग्राम करयौत निवासी भैसी चरवाहरुले धानबाली चरण गराएको थियो । धानबाली भैसीलाई चरिचरण गरेको (खुवाएको) देखेर रामदेव यादव र उनको छोरा ३० वर्षीय ललनकुमार यादवले गाली ग्लोज गर्दा भैसी चरवा भारतीय नागरिकहरुले बाबुछोरालाई निर्धात कुटपिट गरेको इलाका प्रहरी चौकी पातोका प्रहरी नायब निरीक्षक (सई) नविनकुमार झाले जानकारी दिए । भैसी चरवाहरुले लाठी बाँसको भाटाबाट गरिएको कृटपिटले बाबुछोरा घाइते भएको उनले रामदेवको करङ्ग भाँचिएको, पेट, टाउकोमा गम्भीर चोट लागेर घाइते भएको बताए ।
कुटपिटबाट घाइते यादवलाई तत्काल राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल भर्ना गरिएकोमा थप उपचारको लागि बिराटनगर रेफर गरिएको छिमेकी अनिलकुमार यादवले बिराटनगरमा कुनै पनि अस्पतालले भर्ना लिन नमानेपछि धरान लगिएको बताए । धरानमा हिजो आइतबार रामदेवको शल्यक्रिया गरिएको उनले बताए ।
नेपाल प्रहरीले कृटपिटको आरोपमा एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । भारत बिहारको मधुवनी जिल्ला लौकही प्रखण्ड ग्राम करयौत निवासी १९ वर्षीय प्रदिपकुमार यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रनाउ तिलक भारतीले जानकारी दिए ।
गत भदौ ६ गते गणेश चतुदर्शीका दिन भएको सो घटनामा भैसी चराउन आएका १९-२५ वर्षका पाँच-छ जना भारतीय नागरिकहरुले नेपाली नागरिक बाबुछोरा उपर कुटपिट गरेको थियो । कुटपिट भइरहेको देखेर घटना स्थल पुगेका अन्य नेपालीहरुले कुटपिट गरेको मध्येबाट प्रदीपलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको स्थानीयले बताए ।
सो घटनालाई ढाकछोप गर्न स्थानीय केही नेताहरुले प्रहरीसँग गोप्य बैठकहरु गरिरहेको पीडित पक्षले बताइएको छ । पैसा लेनदेन गरेर घटना अगाडी नबढाउन उनीहरुले विभिन्न माध्यमबाट प्रयास गरिरहेको पीडित पक्षका अनिलकुमार यादवले बताए ।
यसअघि पनि सीमावर्ती कटैयावासीले भारतीय बजारबाट मलखाद्य ल्याउँदा भारतीयहरुले गालीग्लोज गरी हातपात गरेर मल खोस्ने गरेको बताएको छ । सो क्रममा कयौ पटक दुबै पक्षबीच झै–झैग्डा हुदै आएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
कोइली खोलाले बगाउँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
भोजपुरबाट विराटनगर तर्फ जाँदै गरेको बस पाख्रीबासमा दुर्घटना
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
छिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
'कमेडी दरबार' असार १४ बाट प्रसारणमा आउने
बैशाख ३१, २०८१ सोमबार
‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सीपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार