होटल तथा रेष्टुरेन्ट क्षेत्रको ३० अर्ब लगानी सङ्कटमा
नेपालबहस संवाददाता
भदौ २२, २०७७ सोमबार ७:४७:९
२२ भदौ, चितवन । चितवन जिल्लास्थित होटल तथा रेष्टुरेन्ट क्षेत्रको रु ३० अर्ब भन्दा बढी लगानी सङ्कटमा परेको छ ।पर्यटकीय र सर्वसाधारणलाई सेवा दिँदै आएका जिल्लाका साना ठूला होटल रेष्टुरेन्ट कोरोना सङ्क्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण बन्द छन् । देशकै तेस्रो पर्यटकीय क्षेत्र सौराहासहित जिल्लाका एक हजार २५० होटल रेष्टरेन्ट गएको चैतयता बन्द छन् ।
पर्यटन क्षेत्रको अध्ययन अनुसन्धान गर्दै आउनुभएका विश्व सुवेदीका अनुसार जिल्लामा पर्यटकीय होटलको सङ्ख्या २२५ वटा छन् । ती होटलमध्ये सबैभन्दा बढी रत्ननगरको सौराहामा ११० वटा छन् । सौराहाबाहेक रत्ननगर क्षेत्रमा पर्यटकीय होटल सङ्ख्या २९ वटा छन् ।
उनका अनुसार भरतपुर महानगरमा ६५ वटा, कालिकामा दुई वटा , खैरहनीमा तीन वटा, माडीमा तीन वटा, राप्ती नगरपालिकामा– ३ वटा र ईच्छाकामना गाउँपालिकामा ११ वटा पर्यटकीय होटल रहेका छन् । ती होटलमा पर्यटकीय मौसममा दैनिक रु एक करोड ५० लाख बढी कारोवार हुने उनको भनाइ छ । अन्यमा त्यतिनै व्यपार हुने सुवेदीले बताए ।
यसका अतिरिक्त पर्यटकीय गतिविधि जीप सफारी, डुङ्गा सफारी, हात्ती सफारी, बसलगायतमा रु ३० लाख हाराहारी दैनिक कारोवार हुने व्यवसायी बताउँछन् । सुवेदीले जिल्लामा होटल रेष्टुरेन्टमा १६ हजार मजदूर कार्यरत रहेको अध्ययनले देखाएको जानकारी दिए । ती होटल रेष्टुरेन्टमा रु ३० अर्ब भन्दा बढी लगानी छ । जसमध्ये ४० प्रतिशत भन्दा बढी बैंकिङ् ऋण रहेको सुवेदीले बताए ।
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले यहाँ चैतदेखि असार १५ सम्म पर्यटकीय मौसम मानिन्छ । त्यसपछि भदौ १५ सम्मलाई पर्यटकीय मौसम मानिदैन । त्यतिबेला पनि आधा व्यापार हुने भट्टराईको भनाइ छ । भदौ १५ पछिको यो समय पर्यटकीय मौसम हो । उनले भने “यो मौसम पनि त्यत्तिकै जाने भो ।” गत वर्षमा यतिबेला सौराहामा पर्यटक राम्रो चहलपहल हुने गर्दथ्यो । अहिले होटल चौकिदारले कुरेर मात्रै बसेका छन् । भट्टराईले गुनासो गरे, “दशैँको समयमा स्वदेशी पर्यटक आउँछन् भन्ने आश थियो । त्यो पनि हरायो ।”
क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले बिचमा केही समय होटल खोल्दा झनै नोक्सान भएको बताए । वातावरण पूर्ण सहज नभएसम्म होटल खोल्न नहुने भन्दै उनले अहिलेको घाटा परिपूर्ति गर्न निकै कठिन भएको गुनासो गरे । उनले भने, “बैंकहरुले ऋण थप गरिदिए भने होटलको तिर्नुपर्ने चालु खर्च तिरेर स्तरोन्नति गर्ने तयारीमा छु ।” सबै होटल सञ्चालकको अवस्था घिमिरेको जस्तै रहेको छ ।
व्यवसायीको व्यवसाय मात्रै होइन, मजदूरको आवस्था पनि दयनीय बन्दै गएको छ । सबै बेरोजगार भएका छन् । उनीहरु दैनिकी कष्टकर बन्दै गएको छ । ट्रेड युनियन कांग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटाले मजदूरको अवस्था निकै दयनीय भएको बताए । होटल रेष्टुरेन्टमा काम गर्ने मजदूरले तलब पाउन नसक्दा दैनिकी चलाउन नै मुस्किल परेको सापकोटाको भनाइ छ ।
जिल्लामा आन्तरिक र बाह्य पर्यटक कति आउँछन् वास्तविक तथ्याङ्क छैन । चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने वार्षिक दुई लाख हाराहारी छन् । निकुञ्ज नघुम्ने तर जिल्लामा आउने कूल सङ्ख्या पाँच लाखमाथि हुने गरेको व्यवसायी बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
सुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन, खोजी कार्य जारी
जेठ १, २०८१ मंगलबार
नदीहरूमा जलमार्ग बनाएर पानीजहाज चलाइने, कोरिडोर निर्माणमा विशेष ध्यान दिने
जेठ १, २०८१ मंगलबार
हुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्य बनाइँदै
जेठ १, २०८१ मंगलबार
विदेशी लगानी भित्र्याउन तीन वर्षदेखि रोकिएको कन्ट्री रेटिङको काम अघि बढाइने
जेठ १, २०८१ मंगलबार