स्वास्थ्य उपकरणको प्रयोग गर्दै व्यवसाय सञ्चालनको वातावरण बनाउन नाडाको आग्रह
नेपालबहस संवाददाता
भदौ २२, २०७७ मंगलबार ०:४:४१
२२ भदौ, काठमाडौं । अटोमोबाइल्स एशोसिएशन अफ नेपाल ‘नाडा’ ले स्वास्थ्य उपकरणको प्रयोग गर्दै व्यवसाय सञ्चालनको वातावरण बनाउन आग्रह गरेको छ । नाडाले सरकारसँग कोरोना संक्रमणबाट बच्न सुरक्षात्मक उपायको कडाइका साथ पालन गराउँदै उद्योग व्यवसाय सञ्चालन गर्न प्रेस विज्ञप्तिमार्फत आग्रह गरेको हो ।
‘जनता स्वयं आफ्नो दुःख पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सम्भावना बढी भएको छ, यस्तो विकट स्थिति आउनुअघि नै सरकारले हाल जारी गरिएको निषेधाज्ञाबारे पुनर्विचार गर्न अनुरोध गरिएको हो’, विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनका कारण देशको अर्थतन्त्रलाई धराशायी बनाउने मात्र नभई बेरोजगारीको भयावह समस्यासमेत उत्पन्न भएको छ ।’
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बेरोजगारीको समस्या सरकारले सम्बोधन गर्न नसकेको जनाउँदै निषेधाज्ञाको अवधि थपिँदै जाँदा अरु भयावह हुने अवस्था सिर्जना हुन सक्ने चेतावनी दिए ।
“बन्दाबन्दीको समयमा अटोमोबाइल व्यवसायीहरु ठूलो मारमा परेका छन्, आफ्नो उद्योग व्यवसायबाट नै वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको छ”, विज्ञप्तिमा भनिएको छ, “अब अति भयो, समयलाई बुझेर संसारलाई नियालौँ र अब काम गरौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
इ भी नेपाल मोटर्सको ल्यायो भ्यालेन्टाइन स्किम
फागुन १, २०८० मंगलबार
टोयोटाले बढायो वार्षिक खुद नाफा प्रक्षेपण
माघ २३, २०८० मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार