भो ! अब पुग्यो निषेधाज्ञा
नेपालबहस संवाददाता
भदौ २३, २०७७ मंगलबार २२:५७:५१
सम्पादकीय
२३ भदौ, काठमाडौं । तीनसातादेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा लम्बेला वा मोडालिटी परिवर्तन गरिएला ?धेरैको जिज्ञाशा छ । भोलि रातिबाट सकिने यो चरणको निषेधाज्ञालाई अब यही रुपमा लैजान कठिन भएको देखिएको छ । निषेधाज्ञाको अवज्ञा हुन थालिसकेको छ । सामान्य मजदूरी गरेर खानेहरुका लागि निषेधाज्ञा यसअघिको लकडाउन भन्दा चर्काे देखिएको छ । त्यसैले सडकमा ट्याक्सीलगायत मानिसको चहलपहल बाक्लिएको छ ।
नागरिकलाई घरभित्र थुनेर राख्दा कोरोना भाइरससँगको युद्ध जितिने भ्रममा परेको केपी ओली नेतृत्वको सरकारले नागरिकका लागि केही पनि राहत दिएको छैन । एक छाक मात्रै खाएर घरमै थुनिएका नागरिकले अब प्रश्न गर्न थालेका छन्– खै त संक्रमण घटेको ? राजधानीलगायत देशैभरि संक्रमण फैलने क्रम यथावत छ । मृतकको संख्यापनि तीब्र गतिमा बढिरहेको छ । यसलाई कसरी नियन्त्रण गर्ने भन्ने सरकारसँग कुनै कार्ययोजना छैन ।
प्रधानमन्त्री ओली बेला बेला भाषण गर्छन् – अब कुनै नागरिकले भोकै मर्नुपर्दैन । उनी बालुवाटारमा मानिस भेला गराएर यस्तो उद्घोष गरिरहँदा हजारौं मानिस खानै नपाएर फेरि भारत फर्कन विवश छन् । अहिले झण्डै एकलाख मानिस भारतमा दैनिक कोरोनाबाट संक्रमित भइरहेका छन् । तर पश्चिम नेपालका गरिब जनता चाडबाडको मुखैमा पनि पेट पाल्नैका लागि मसिना लालाबाला च्यापेरै भारत जान बाध्य छन् ।
कोरोना कहरले आत्तिएर नेपाल फिरेकाहरु फेरि ठूलो जोखिम मोलेर भारत फर्कनु भनेको ओली सरकारको असफलता हो । युवा जनशक्तिलाई नेपालमै रोजगारी वा उत्पादनमुखी क्षेत्रमा जोड्न सकेको भए देशले राम्रो प्रगति गर्न सक्थ्यो । तर ओली सरकारका संयन्त्रले त्यो दिशामा कुनै ध्यान दिएन । बरु फेरि फर्केर लाहुरै जाउन भन्ने नीतिलाई उसले प्रश्रय दिँदा यो हविगत भएको हो ।
त्यसैले नागरिकलाई थुनेर मात्रै राख्दा उल्टो भोकले मार्ने अवस्था सिर्जना भएको छ । राजधानीमा त यसको प्रभाव अझै तीब्र छ । लकडाउनका बेला घर गएका लाखौं मजदूर राजधानी भित्रिएका छन् । उनीहरुलाई निषेधाज्ञाको नाममा फेरि थुन्ने प्रवृत्तिलाई बढावा दिने हो भने विद्रोहको नयाँ रुप देखिन सक्छ । खानै नपाउने अवस्था आएपछि मानिस बाध्य भएर सडकमा ओर्लन्छ । सर्वसाधारण सडकमै ओर्लने अवस्था आयो भने संक्रमणको भयावह अझै कडा हुन सक्छ । त्यसैले अब भने निषेधाज्ञाको स्वरुप बदल्नै पर्छ ।
आम नागरिकलाई विस्तारै कोरोनासँगै जोगिएर बाँच्ने शिक्षा आवश्यक छ । कोरोनाविरुद्ध खोप तयार नभएसम्म कोरोनासँग सचेतनाका साथ जोगिनुको विकल्प छैन । त्यसैले भारत जस्तो मुलुकले लकडाउन वा निषेधाज्ञा लगाउनेतिर धेरै ध्यान दिएनन् । अमेरिका युरोपमा त संक्रमण अझै भयावह छ । तर मानिस जोगिएर दैनिकी चलाइरहेका छन् ।
जतिसुकै गरेपनि संक्रमण कुनै न कुनै रुपमा फैलने रहेछ भन्ने प्रमाणित भइसकेको छ । त्यसैले अब तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञालाई खुकुलो बनाउने र सर्वसाधारणको दैनिकी सहज बनाउनेतिर सोच्नु जरुरी छ । नत्र सडकमा ठूलै विद्रोहको ज्वारभाटा उत्पन्न हुन सक्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद आज, २५ देशका विशेषज्ञ सहभागी
जेठ ९, २०८१ बुधबार
कोलकोता आइपिएलको फाइनलमा
जेठ ९, २०८१ बुधबार
कैलाश सिरोहियालाई आजै अदालतमा पेश गरिने
जेठ ९, २०८१ बुधबार
क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम
जेठ ९, २०८१ बुधबार
जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै
जेठ ९, २०८१ बुधबार