देशभर चार हजार सुरक्षाकर्मी संक्रमित
नेपालबहस संवाददाता
भदौ २४, २०७७ बुधबार १६:३२:५८
२४ भदौ, काठमाडौं । कोरोना महामारीबाट जनतालाई जोगाउने सुरक्षाकर्मी नै संक्रमित हुन थालेका छन् । पछिल्लो समय दिनप्रतिदिन सुरक्षाकर्मी संक्रमित हुन थालेपछि चिन्ता बढेको हो । नेपाल प्रहरीका २ हजार ३१७ जना जवान तथा उच्च अधिकारी कोरोना संक्रमित हुन पुगेका छन् ।
संक्रमित हुनेमा उपत्यकाकै ८ सय जना प्रहरी छन् । यस्तै नेपाली सेनाका ७ सय ४३ जना र सशस्त्रका ८ सय ८६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । अहिले अरुभन्दा सुरक्षाकर्मीमार्फत उनीहरुकै निकायका सुरक्षाकर्मीमा छिटो कोरोना फैलिरहेको छ । एक व्यक्तिमा देखिनेवित्तिकै अर्को व्यक्तिमा पनि कोरोना संक्रमण हुने भएकाले जोखिम निकै बढ्दो छ । पछिल्लो समय पुल्चोकको रथयात्राका क्रममा झडप नियन्त्रण गर्न खटिएका १८ जना प्रहरीलाई कोरोना देखिएको थियो । उनीहरुबाट अरु मानिस तथा सुरक्षाकर्मीमै पनि कोरोना संक्रमण बढ्दो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
एस्ट्राजेनेकाले विश्वभरबाट कोरोना भाइरसको खोप फिर्ता लिँदै
बैशाख २६, २०८१ बुधबार
बढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार
सरकारविरुद्ध सदन र सडकमा उत्रियो कांग्रेस, १३ गते काठमाडौंमा प्रदर्शन गर्ने
जेठ ९, २०८१ बुधबार
रौतहटको श्रीराम चिनी मिल सञ्चालन गर्न कार्यदल गठन
जेठ ९, २०८१ बुधबार
गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको रिट आजपनि ‘हेर्दाहेर्दै’ मा
जेठ ९, २०८१ बुधबार