नुवाकोटमा अवैध ओसारपसारमा संलग्न गाडी नियन्त्रणमा
नेपालबहस संवाददाता
भदौ २४, २०७७ बुधबार १८:२६:४४
२४ भदौ, नुवाकोट । नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा लगाइएको प्रतिबन्धको समयमा अवैधरूपमा ओसारपसारमा संलग्न गराइएको गाडीलाई प्रहरीले कारवाहीको लागि नियन्त्रणमा लिएको छ । बेलकोटगढी नगरपालिका–७ मकैघारीस्थित त्रिशूली नदी किनारमा अवैधरूपमा उत्खनन गरिएको बालुवा लोड गरिरहेको अवस्थामा सात टिपर र तीनवटा मिनीट्रकलाई नियन्त्रणमा लिएर कारवाहीका लागि जिल्ला समन्वय समितिमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कानूनअनुसार असार १ देखि भदौ मसान्तसम्म (तीन महिना) नदीजन्य पदार्थको उत्खनन तथा सङ्कलन गर्न प्रतिबन्ध लगाइएको छ । यसअघि पनि प्रतिबन्धमा अटेर गर्ने एक दर्जनभन्दा बढी ढुवानी साधन कारवाहीमा परिसकेका छन् । लुकीछिपी बालुवा उत्खननमा संलग्न दुई स्काभेटर, १३ टिपर, दुई आइचर र दुईवटा ट्र्याक्टरलाई नियन्त्रणमा लिएर जरिवाना गराइएको छ ।
यो आवमा रु चार लाख १५ हजार जरिवाना असुल भइसकेको प्रहरीले जनाएको छ । गत वर्ष अवैध ओसारपसारमा संलग्न सवारी साधनको कारवाहीबाट रु १७ लाख ६५ हजार राजश्व सङ्कलन भएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित भएर रहने भो २०८१ सालको जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपतिको मृत्युपछि अब के हुन्छ ?
जेठ ७, २०८१ सोमबार
राफाहबाट आठ लाख मानिसहरू विस्थापित
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपति रायसीको निधनप्रति विश्वका नेताद्वारा शोक व्यक्त
जेठ ७, २०८१ सोमबार
बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प
जेठ ७, २०८१ सोमबार
ऐतिहासिक पर्यटकीय नाढिमन ताल गौचरनमा परिणत
जेठ ७, २०८१ सोमबार