‘वीओपी’ स्थापनाका लागि गृह मन्त्रालयको स्वीकृति
नेपालबहस संवाददाता
भदौ २५, २०७७ शुक्रबार ०:५:२९
२५ भदौ, काठमाडौं । गृहमन्त्रालयले चीनसँगको सीमा नाका ताप्लेजुङको ओलाङ्चुङ्गोला र भारतसँगको सीमा नाका दार्चुलाको दत्तुमा सीमा निगरानी चौकी वीओपी स्थापनाका लागि स्वीकृति प्रदान गरेको छ । सशस्त्र प्रहरी बल नेपालले मुलुकका विभिन्न क्षेत्रमा वीओपी स्थापना गर्नुपर्ने भन्दै गृहमन्त्रालयमा पेश गरेको प्रस्ताव अनुसार दुई ठाउँका लागि मन्त्रालयले आज सो स्वीकृति दिएको हो ।
वीओपी राख्नका लागि स्थानीय तहसँग छलफल भइरहेको छ । जग्गा प्राप्त हुने वित्तिकै चौकी स्थापना गरिने सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायव महानिरीक्षक राजु अर्यालले जानकारी दिए । अन्य क्षेत्रमा पनि क्रमशः चौकी स्थापना गर्ने योजना सरकारको छ । गृहमन्त्री रामबहादुर थापाले मुलुकको सीमा क्षेत्रमा ५०० चौकी स्थापना गर्ने यसअघि नै घोषणा गरिसकेका छन् ।
उक्त योजनाअनुसार चरणबद्ध रुपमा चौकी स्थापना गर्दै लगिनेछ । हाल चीन र भारतको सीमा क्षेत्रमा १५७ स्थानमा चौकी स्थापना भइसकेको छ । चीनतर्फ पाँच वटा छ । पछिल्लो एक वर्षमा मात्रै ५० स्थानमा चौकी स्थापना गरिएको अर्यालले जानकारी दिए ।
मन्त्रालयका अनुसार ५०० मध्ये पहिलो चरणमा २२१ स्थानमा स्थापना गर्ने लक्ष्य राखिएको छ । चालु आर्थिक वर्षभित्रमा सक्ने योजना रहेको सशस्त्र प्रहरीले जनाएको छ । हरेक चौकीमा ३५ जना सशस्त्र प्रहरी रहन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प
जेठ ८, २०८१ मंगलबार
सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद
जेठ ८, २०८१ मंगलबार
सशस्त्रका डीआईजी न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी
जेठ ४, २०८१ शुक्रबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ११, २०८१ शुक्रबार
पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने
जेठ ११, २०८१ शुक्रबार
अप्रिलमा जापानको मुद्रास्फीतिमा सामान्य कमी
जेठ ११, २०८१ शुक्रबार
टिओआरमा सहमति जुटाउन कांग्रेससहित सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु
जेठ ११, २०८१ शुक्रबार
कार्यकक्षबाटै कैलाश सिरोहियालाई पक्राउ गर्ने तरिका गलत : नेपाल
जेठ ११, २०८१ शुक्रबार
काफल बिक्री गर्न बसेका स्थानीयवासी
जेठ ११, २०८१ शुक्रबार
निर्माणाधीन टावर तथा सव स्टेसन
जेठ ११, २०८१ शुक्रबार