पत्रकारलाई बहिष्कार गरेको नगरपालिकाका वडाध्यक्षले नै गरिदिए पत्रकारको बीमा
नेपालबहस संवाददाता
भदौ २६, २०७७ शुक्रबार २१:३७:३७
२६ भदौ, स्याङ्जा । नगरपालिकाको अनियमितता नियमित रुपमा बाहिर आउन थालेपछि नगरपालिकाका कार्यक्रममा पत्रकारलाई निमन्त्रणा गर्न साङ्केतिक रुपमा बहिष्कार गरेको गल्याङ नगरपालिकाका एकजना प्रतिनिधिले भने नगरपालिका भित्र सक्रिय सबै पत्रकार र मजदुरको कोरोना बीमा गरिदिएर उदाहरणीय बनेका छन् ।
सो नगरपालिकाको ३ नम्बर वडाबाट निर्वाचित अध्यक्ष महेश भट्टराईले नगरपालिकाभित्र सक्रिय रहेका २१ जना पत्रकार र १६ जना मजदुरको आफ्नै व्यक्तिगत खर्चबाट कोरोना बीमा गरेका हुन् ।
नगरपालिकाको अनियमितता बारे लगातार समाचार बाहिर आएसँगै सूचना माग्न पुगेका पत्रकारलाई पूर्ण सूचना समेत नदिएको नगरपालिकाले आफ्ना कर्तुत बाहिर आउन थालेपछि नगरपालिकाको पक्षमा लेख्ने पत्रकारलाई बाहेक अन्य पत्रकारलाई नगरपालिकाले गर्ने औपचारिक कार्यक्रममा समेत निमन्त्रणा गर्न छाडेको छ ।
तर नगरपालिकाको पक्षमा लेख्ने पत्रकारको निशुल्क बीमा मात्रै होइन पीसीआर परीक्षण समेत गरिसकेको नगरपालिकाले अन्य पत्रकारलाई बेवास्ता गर्दै आएको छ । आफ्नो पक्षमा लेख्ने पत्रकारहरुलाई नगर प्रमुखले कार्यलयमै बोलाएर विभिन्न सामाग्री वितरण गरेका घटना यस अघिनै सार्वजनिक भैसकेका छन् ।
जुनसुकै पार्टीबाट चुनाव जितेपनि जनप्रतिनिधि भएपछि सबैलाई समान व्यवहार गर्नुपर्ने भन्दै बीमा पोलिसी हस्तान्तरण कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघ गल्याङका महासचिव कृष्ण भट्टराईले यी जनप्रतिनिधिबाट अन्य जनप्रतिनिधिले पनि केही सिक्नुपर्नेमा जोड दिएका छन् ।
कोरोना भाइरसले नगरपालिका कर्मचारी, जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई पनि नछोडेको बताउँदै वडाध्यक्ष भट्टराईले फन्टलाइनमा रातदिन नभनी खटिएर काम गर्ने पत्रकार र दैनिक ज्यालादारीमा काम गर्ने भरियाको पीडातर्फ कसैको नजर पुग्न नसकेको हुँदा आफ्नो तर्फबाट सक्दो सहयोग गरेको बताए । देश एवं नगरको विकासका लागि पत्रकारको भूमिका महत्त्वपूर्ण हुने भन्दै आफुले काम गर्ने क्रममा कही कमीकमजोरी भए त्यसलाई बाहिर ल्याईदिन पनि उनले आग्रह गरे ।
पत्रकार र मजदुरका कोरोना बीमाको पोलिसी हस्तान्तरण गर्दै जनप्रतिनिधि भट्टराईले आफुले नेपाली काङ्ग्रेसको तर्फबाट टिकट पाएर विजयी भएपनि वडाभित्र कुनै राजनीति भेदभावका आधारमा काम नगर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “मैले जानेर अहिलेसम्म कहिँ गल्ती गरेको छैन् । त्यस्तो कही कमीकमजोरी भेटिएमा आफुलाई बताउन आग्रह गर्दछु ।” पत्रकारहरु समाजको ऎना भएको उल्लेख गर्दै वडाध्यष भट्टराईले समाचार लेखेकै आधारमा पत्रकारलाई दुश्मन देख्नेहरु जनप्रतिनिधि हुन नसक्ने बताए ।
मिडियामा आएका कुरालाई सच्याउदै अगाडि बढ्नुपर्नेमा उनको जोड थियो । हामीले काम गर्दै हिड्ने हो, काम गर्ने क्रममा कही कतै त्रुटि भएको भए त्यसलाई पत्रकारले उजागर गर्ने उहाँहरुको पेशागत धर्म नै भएको हुँदा मिडियामा आएका कुरामा अरुलाई दोष लगाउनुभन्दा आफै सुध्रिनेतर्फ लाग्नुपर्ने वडाध्यक्ष भट्टराईको तर्क थियो ।
सो कार्यक्रममा बोल्दै गल्याङ जेसीजका अध्यक्ष दर्बेन्द्रदेव खनालले अमर रहन सधैं नयाँ मात्रै गर्नुपर्दैन, भईरहेको कामलाई नयाँ ढंगबाट गर्न सकेपनि अमर हुन सकिने बताए । सबैलाई समान रुपले काम गरेको भन्दै उनले जनप्रतिनिधि भट्टराईको प्रशंसा गरे ।
कार्यक्रममा बोल्दै गल्याङ लायन्सका अध्यक्ष अर्जुन बस्यालले गल्याङले साझा नेतृत्व खोज्ने बेला आएको कुरा औल्याए । कार्यक्रम आलमदेवी मिडिया प्रालिका अध्यक्ष टीकाराम अधिकारीको सभापतित्वमा भएको थियो भने साधना न्यौपानेले कार्यक्रम संचालन गरेकी थिईन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
लखनउमाथि दिल्ली १९ रनले विजयी
जेठ २, २०८१ बुधबार
हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने
जेठ २, २०८१ बुधबार
कस्तो छ आजको मौसम ?
जेठ २, २०८१ बुधबार
सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै,
जेठ २, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २, २०८१ बुधबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार