चितुवाको छालासहित पक्राउ परेका जमानतमा छुटे
नेपालबहस संवाददाता
भदौ २६, २०७७ शनिबार ०:३३:७
बझाङ । चितुवाको छाला र हड्डीसहित आइतबार प्रहरीले नियन्त्रमा लिइएका बुंगल नगरपालिकाका दुई जनालाई वन कार्यालयले जमानतमा छाडेको छ । तीन दिन प्रहरी हिरासतमा राखिएका दुवैलाई छाला र हड्डीको परीक्षण रिपोर्ट काठमाडौँदेखि नआउन्जेलसम्म वन कार्यालयले जमानतमा छाडेको हो ।
बुंगल–६ का वडाध्यक्ष धनबहादुर सिंहको रोहवरमा रिपोर्ट आएपछि हाजिर हुने गरेर छाडिएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख कर्ण खातीले बताए ।
उनले भने, “मुद्धा चलाउनका लागि सरकारी वकिलको राय मागेर बरामद गरेको छाला र हड्डी हेर्दा चितुवा तथा बाघकै जस्तो छ तर त्यो कस्तो छाला र हड्डी हो, काठमाण्डौ प्रयोगशालामा पठाउनुपर्ने र त्यहाँको रिपोर्टपछि मुद्धा चलाउनुपर्ने भएकाले त्यतिन्जेलसम्म अभियुक्तलाई पछि उपस्थित हुने गरी घर पठाइको हो ।”
आइतबार राति २ः४१ बजे बुङगल–३ विजगडाबाट बागथलातर्फ भारी बोकेर पैदल हिँडिरहेका सोही गापा ६ का २७ वर्षीय हरजित बोहरा र सोही ठाउँका २३ वर्षीय विरेन्द्र बोहरा चितुवाको छाला र हड्डीसहित पक्राउ परेका थिए । उनीहरुको साथबाट दुई थान चितुवाको छाला र नौ किलो हड्डी बरामद गरिएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा
जेठ ७, २०८१ सोमबार