क्रेनको डोरी चुडिँदा एक मजदूरको मृत्यु
नेपालबहस संवाददाता
भदौ २७, २०७७ शनिबार २१:३:३७
२७ भदौ, दोलखा । दोलखामा निर्माणाधीन सुरी हाइड्रोपावरमा क्रेनको डोरी चुडिँदा आज एक मजदूरको मृत्यु भएको छ । जिल्लाको गौरीशङ्कर गाउँपालिका–५ गुरुम्फीमा निर्माणाधीन हाइड्रोपावरमा क्रेनको डोरी चुडिँदा पनौती नगरपालिका–६ काभ्रेपलाञ्चोकका ३१ वर्षीय महेश केसीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले भने, “हाइड्रो पावरको भवनभित्र क्रेनबाट माथि काम गर्न जाने क्रममा क्रेनको डोरी चुँडिएर क्रेनको डब्बासहित तल ढलानमा खस्दा केसीको मुत्यु भएको हो । पैंतिस फिट माथिबाट क्रेनको डब्बासहित केसी तल ढलानमा पछारिएका थिए ।
टाउकामा तथा शरीरका विभिन्न भागमा चोट लागेका मजदूरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दुर्घटना भएको बारे थप अनुसन्धान भइरहेको र शवपरीक्षणका लागि सदरमुकाम चरिकोट ल्याउँदै गरेको जिप्रकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार