बाह्रबिसेमा मृत्यु हुनेको संख्या ९ पुग्यो, २२ बेपत्ता
नेपालबहस संवाददाता
भदौ २८, २०७७ आइतबार १९:९:१
२८ भदौ, काठमाडौं । गएराती अविरल बर्षापछि आएको पहिरोले गर्दा सिन्धुपाल्चोकमा घर पुरिदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । बाह्रबिसे नगरपालिका–७ मा पहिरोले पुरिएकामध्ये ९ जनाको शव भेटिएको हो । अझै २२ जना बेपत्ता छन् ।
पहिरोमा भक्तिमाया श्रेष्ठ, जुनु विक, सुकलाल विक, सन्देश विक, सर्किनी नेवार, धनलाल नेवार, हिरामाया नेवार, ट्याक्सी शेर्पा र ज्ञानीमाया प्रधानको मृत्यु भएको छ उनीहरु सबै वडा नम्बर ७ का हुन् ।
गएराति आएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलका घरहरु पुरिएका हुन् । अरु ११ घरमा क्षति पुगेका छ । हराईरहेका २२ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पहिरोबाट जिवितै उद्धार गरिएका ३ जनालाई भने उपचारका लागि काठमाडौं पठाइएको छ । सभामुख अग्नि सापकोटाले पहिरोस्थल पुगेर पीडितलाई सान्तवना दिनुका साथै राहत दिने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुगुमा यार्सागुम्बा संकलन गर्न गएका ४ जनाको मृत्यु, एक सिकिस्त
जेठ २०, २०८१ आइतबार
यार्सा संकलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त
जेठ १९, २०८१ शनिबार
दार्चुलामा यार्सा टिप्न गएका युवकको लडेर मृत्यु
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २०, २०८१ आइतबार
कैलाशकुट सामाजिक अभियानको आँखा शिविरबाट तीन सय लाभान्वित
जेठ २०, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक जारी, राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल
जेठ २०, २०८१ आइतबार
अभिनेत्री रविना नयाँ विवादमा, रक्सीको नशामा वृद्ध महिलालाई कुटेको आरोप
जेठ २०, २०८१ आइतबार
‘नेलपलिस’को गन्ध आएपछि श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्काइयो
जेठ २०, २०८१ आइतबार
जनसम्पर्क समिति डेनमार्कमा सहमति अनुरुप नेतृत्व हस्तान्तरण गर्न आनाकानी
जेठ २०, २०८१ आइतबार
गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा
जेठ २०, २०८१ आइतबार