एसपी राठौरको कमाण्डमा ठूलो परिणाममा गाँजा बरामद
नेपालबहस संवाददाता
भदौ २८, २०७७ आइतबार २१:४६:५३
♦ जगन्नाथ साह साेनी
२८ भदौ, सर्लाही । नेपाल प्रहरीले सर्लाहीबाट ३ सय ९ किलो गाँजा बरामद गरेकाे छ । ना ४ ख ७७४८ नम्बरको ठूलो ट्रकमा लोड गरिएको ३ सय ९ किलो गाँजा सर्लाही प्रहरीले बरामद गरेको हो ।
सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरको कमाण्डमा खटिएको टोलीले पर्सा गाउँपालिका वडा नम्बर ५ डोमोवा टोलबाट शनिबार राति ३ सय ९ किलो गाँजा बरामद गरेको हो । सर्लाहीको ग्रामीण इलाका हुँदै अवैध रुपमा भारततर्फ लगिँदै गरेको गाँजासहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।
सोबाटो हुँदै भारततर्फ गाँजा निर्यात हुने गरेको विशेष सूचनाको आधारमा सर्लाहीका एसपी राठौरको नेतृत्वमा खटिएको प्रहरी टोलीले गएराति पर्सा गाउँपालिका वडा नम्बर ५ स्थित डोमोवा टोलमा रहेको चिरानमिलस्थित सडकबाट उक्त परिणामको गाँजा बरामद गरेको हो । रातिको समयमा सो ट्रकलाई चेकजाँच गर्ने क्रममा चालक फरार भएको र ट्रकको ढाला चेकजाँच गर्दा ११ वटा पोकामा प्याक गरिएको अवस्थामा सो परिमाणको लागु औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
गाँजालाई मेशिनले पेलेर धुलो बनाएपछि १–१ किलोको प्याकेट बनाएर भारतमा बेच्न लैजाने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीले ट्रक चालकलगायत लागु औषध कारोबारमा संलग्न अन्य व्यक्तिहरुको पहिचान तथा खोजतलास भइरहेको जानकारी दिए ।
ट्रकबाट बरामद गरिएको गाँजामध्ये ११ वटा पोकामध्ये ९ वटामा ३१ किलोका दरले र २ वटामा १५ किलोका दरले गाँजा राखिएको थियो । प्रहरीलाई देखेपछि ट्रक बन्द नगरी चालक भने भागेका थिए । फरार रहेका ट्रक चालकको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा
जेठ ७, २०८१ सोमबार
प्रतिपक्षी दलहरुको निष्कर्ष, सभामुख मर्यादाहीन भए
जेठ ७, २०८१ सोमबार
कृषकलाई अनुदानमा धानको बीउ वितरण
जेठ ७, २०८१ सोमबार
जलेश्वर कारागार जीर्ण, कैदीबन्दीलाई समस्या
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार