बाँकेमा दश किलो अफिमसहित दुई पक्राउ
नेपालबहस संवाददाता
भदौ २९, २०७७ सोमबार २२:१:५२
२९ भदौ, राँझा । प्रहरीले बाँकेमा १० किलो लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । दाङबाट बाँकेको कुसुम नाका हुँदै अवैध लागुऔषध बाँके ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले आज बिहान कुसुम बजारबाट उनीहरुलाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा पूर्वी रुकुमको पुथाउत्तरगङ्गा गाउँपालिका–८ का ५३ वर्षीय धनबहादुर सेन र दाङ घोराही उपमहानगरपालिका–१९ का २४ वर्षीय वसन्त घर्तीमगर रहेका छन् । उनीहरुलाई जाँच गर्ने क्रममा अफिम बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।
उनीहरुबाट झोलाभित्र प्लास्टिकमा राखिएको अवस्थामा एक केजीका दरले बनाइएका १० वटा अफिमका पोका बरामद भएको थियो । आजै जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलनमार्फत लागुऔषध अफिमसहित उनीहरुलाई सार्वजनिक गरेको छ ।
लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ ‘छ’ को उपदफा ९३० बमोजिम १५ वर्षदेखि जन्मकैद र रु पाँच लाखदेखि रु २५ लाखसम्म जरिवाना हुनसक्ने कानूनी प्रावधान रहेको प्रहरी उपरीक्षक रानाको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ
जेठ १८, २०८१ शुक्रबार
रौतहट प्रहरीद्वारा लाखौँको भारतीय मलखाद र कुखुरा बरामद
जेठ १०, २०८१ बिहिबार
दिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको ओलीको आरोप
जेठ १९, २०८१ शनिबार
यार्सा संकलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त
जेठ १९, २०८१ शनिबार
कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड-२०२४’ बाट सम्मानित
जेठ १९, २०८१ शनिबार
दार्चुलामा यार्सा टिप्न गएका युवकको लडेर मृत्यु
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार