पहिराले नाजिङमा एक घर बगायो, चार जोखिममा
नेपालबहस संवाददाता
असोज १, २०७७ शुक्रबार ५:१:३०
१ असोज, सोलुखुम्बु । वर्षात् सहितको पहिरोले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका २ नाजिङमा एक घर बगाएको छ भने चार घर जोखिममा परेका छन् । पहिरोको कारण स्थानीय जीत कुविर राईको ढुङ्गा माटोले बनेको दुई तले घर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र दर्नाल जानकारी दिए । पाँच जनाको परिवार बस्दै आएको घरमा आज विहान पहिरो जाँदा भागेर ज्यान बचाउन सफल भएको राईले बताए ।
सोही पहिरोका कारण स्थानीय जसविर राई, हर्कजित राई, भीमकुविर राई र रामकुमार राईको घर समेत उच्च जोखिममा परेको छन् । उनीहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरी निरीक्षक दर्नालले बताए ।
यसैबीच खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं १ खरिखोलाको जौँबारी टोलका पहिरो पीडित र विपन्न परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । वडाध्यक्ष ङिमादोर्जी शेर्पाको पहलमा पासाङ ल्हामु फाउण्डेसनले नगद सहयोग गरेको स्थानीय पासाङकाजी शेर्पाले जानकारी दिए । जौँबारीका सात पहिरो पीडित र अन्य १३ परिवारलाई जनही ४ हजार ६४० वितरण गरिएको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशको नीति तथा कार्यक्रम सोमबार सार्वजनिक हुने
जेठ २०, २०८१ आइतबार
झापामा सुपारी प्रशोधनका लागि ४० लाख अनुदान
जेठ १८, २०८१ शुक्रबार
कोशी प्रदेशको एक अर्ब ३१ करोड बेरुजु
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ: अध्यक्ष नेपाल
जेठ २०, २०८१ आइतबार
छुवाछूतरहित समतामूलक राष्ट्र निर्माणमा संवेदनशील हुन जरूरीः राष्ट्रपति
जेठ २०, २०८१ आइतबार
सर्वोच्चले गोविन्दराज जोशीविरुद्धको फैसलाको निर्णय साउन १३ गते सुनाउने
जेठ २०, २०८१ आइतबार
उदयपुरमा फेरि तीन सय केजी गाँजा बरामद
जेठ २०, २०८१ आइतबार
सकियो पुस्तकालय सम्मेलन, १७ बुँदे गण्डकी घोषणापत्र जारी
जेठ २०, २०८१ आइतबार
ग्रेटर नेपालको नयाँ नक्सा सार्वजनिक
जेठ २०, २०८१ आइतबार