वालिङमा लक्ष्यको ९३ प्रतिशत राजश्व सङ्कलन
नेपालबहस संवाददाता
असोज ३, २०७७ शनिबार १४:३१:३२
३ असोज, वालिङ । बन्दाबन्दीका कारण आर्थिक क्षेत्रमा असर परिरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाको राजश्व सङ्कलन भने लक्ष्य नजिकै पुगेको छ । नगरपालिकाले गत आव २०७६/७७ मा लक्ष्यको नजिकै अर्थात् ९३.५७ प्रतिशत राजश्व सङ्कलन गरेको हो । नगरपालिकाले विभिन्न आयका शीर्षकबाट चार करोड ५० लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेकोमा रु चार करोड २१ लाख राजश्व सङ्कलन भएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।
“ बन्दाबन्दीमा पनि वालिङमा लक्ष्यको नजिक-नजिक पुग्ने गरी राजश्व सङ्कलन भएको छ” नगरप्रमुख खाँणले भने । नगरपालिकाले आव २०७६/७७ मा सबैभन्दा बढी घरजग्गाको रजिष्ट्रेशनबाट रु ८९ लाख ५९ हजार १५५ राजश्व सङ्कलन गरेको छ । उक्त शीर्षकबाट नगरपालिकाले रु एक करोड २० लाख राजश्व सङ्कलन गर्ने अनुमान गरेको थियो । नगरपालिकाले सिफारिस दस्तुरबाट रु ५३ लाख ५८ हजार ७९५, एकीकृत सम्पत्ति करबाट रु ४९ लाख १५ हजार ७९५, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु ४२ लाख ८७ हजार ४९४, नक्सापास दस्तुरबाट रु ३२ लाख ४९ हजार ६४५, घरबहाल करबाट रु ३० लाख ६६ हजार ४५३, अन्य प्रशासनिक सेवा शुल्क ‘सरसफाइ’ बाट रु १९ लाख ७४ हजार ४७०, अन्य सेवा शुल्क तथा बिक्री ‘ढुंगा, गिटी, बालुवा’ को राजश्व बाँडफाँड भई प्राप्त भएको रु १८ लाख ५३ हजार ८२० सङकलन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए ।
नगरपालिकाले आव २०७५/७६ मा चार करोड १२ लाख ५५ हजार ७८७ राजश्व सङ्कलन गरेको थियो । उक्त आवमा घरजग्गाको रजिष्ट्रेशनबाट रु एक करोड १० लाख ७१ हजार ६४३, सिफारिस दस्तुरबाट रु ६२ लाख ७९ हजार ३४७, एकिकृत सम्पत्ति करबाट रु ५३ लाख ८० हजार ८३, नक्सापास दस्तुरबाट रु ४३ लाख ५६ हजार घर बहालबाट रु ३४ लाख ९२ हजार २३४ र अन्य दस्तुरबाट रु ३० लाख २२ हजार राजश्व सङ्कलन भएको लेखा अधिकृत ज्ञानप्रसाद अर्यालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार