जलेश्वरबाट १९ क्विन्टल मटर बरामद, मूल भन्सारमा बुझाउने तयारी
नेपालबहस संवाददाता
असोज ७, २०७७ बुधबार २१:४:५३
७ असोज, जलेश्वर । नेपालबाट भारततर्फ अवैधरुपमा चोरी तस्करी गर्न लागिएको १९ क्विन्टल मटर प्रहरीले आज बरामद गरेको छ । जलेश्वर नगरपालिका, मटिहानी नगरपालिका, सम्सी गाउँपालिका, एकडारा गाउँपालिका र मनरासिस्वा नगरपालिकासँग जोडिएको भारतीय सीमा क्षेत्रको वनको बाटोबाट १९ क्विन्टल २५ किलोग्राम मटर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।
वनको बाटो हुँदै नेपालबाट भारततर्फ मटर तस्करी भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको सीमा गस्ती टोलीले सो परिमाणको मटर बरामद गरेको बताइएको छ । प्रहरीलाई देखेर तस्कर भागेको प्रहरीले जनाएको छ । बरामद भएको मटर आवश्यक कारवाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ
जेठ १८, २०८१ शुक्रबार
रौतहट प्रहरीद्वारा लाखौँको भारतीय मलखाद र कुखुरा बरामद
जेठ १०, २०८१ बिहिबार
दिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
बङ्गलादेशमा दुई करोड बालबालिकालाई भिटामिन ‘ए प्लस’ क्याप्सुल वितरण
जेठ १९, २०८१ शनिबार
‘संसद्ले कार्यपालिकालाई निगरानी गर्न नसके लोकतन्त्रमाथि खतरा’
जेठ १९, २०८१ शनिबार
सार्वजनिक यातायातलाई अपाङ्ग तथा अशक्तमैत्री बनाउन निर्देशन
जेठ १९, २०८१ शनिबार
चीनद्वारा बालबालिकाका लागि २१ औषधि बजारमा पठाउन अनुमति
जेठ १९, २०८१ शनिबार
खानेपानीका लागि महोत्तरीका महिलाहरु रातभर जाग्राम
जेठ १९, २०८१ शनिबार
वर्षा भएसँगै देशभर तापक्रम घट्यो, कहाँ कति छ ?
जेठ १९, २०८१ शनिबार