राष्ट्र बैंकका ७ जनालाई कोरोना पुष्टि, गभर्नर क्वारेन्टाइनमा
नेपालबहस संवाददाता
असोज ९, २०७७ शुक्रबार १६:१८:६
९ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरसहित ७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । बैंक सुपरीवेक्षण विभाग र संस्थागत योजना विभागका २४ जना कर्मचारीको स्वाब परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
तीमध्ये एक जना डेपुटी गभर्नर शिवराज श्रेष्ठ, दुई जना संस्थागत योजना विभागका, तीन जना बैंक सुपरीवेक्षण विभागका र एक जना सामान्य सेवा विभागका कर्मचारी हुन् । केन्द्रीय कार्यालयमा एकैपटक सातजनामा कोरोना पुष्टि भएपछि आजदेखि केन्द्रीय बैंकको काम नै प्रभावित हुनसक्ने अनुमान गरिएको छ ।
यसैबीच राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी फेरि होम क्वारेन्टाइनमा बसेका छन् । एकैपटक ७ जनामा संक्रमण देखिएपछि गभर्नर अधिकारी क्वारेन्टाइनमा बसेका हुन् । यसअघि झण्डै दुई हप्ता क्वारेन्टाइन बसेका अधिकारी फेरि एक हप्ताका लागि क्वारेन्टाइन बस्नुपर्ने बाध्यतामा पुगेका हुन् । जसले गर्दा राष्ट्र बैंकको सेवा प्रभावित भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
एस्ट्राजेनेकाले विश्वभरबाट कोरोना भाइरसको खोप फिर्ता लिँदै
बैशाख २६, २०८१ बुधबार
बढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार