धारिलो हतियारबाट घाइते तीनलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइयो
नेपालबहस संवाददाता
असोज ९, २०७७ शनिबार ०:५२:५९
९ असोज, ताप्लेजुङ । एक युवकको धारिलो हतियारको आक्रमणमा परि गम्भीर घाइते भएका सिरिजंघा गाउँपालिका–८ याम्फुदिनका तीन जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । बुधबार मध्यरातमा स्थानीय लाक्पा भोटेले घरेलु हतियार बाम्फोकले अन्धाधुन्ध प्रहार गर्दा गम्भीर घाइते बनेका ६० वर्षीया फुटि भोटे, ३६ वर्षीय पाशाङ भोटे र १८ वर्षीय छिरिङ भोटेलाई झण्डै ३८ घण्टा पछि उद्धार गरि आज उपचारार्थ काठमाडौं लगिएको छ । टाउको र गर्धनमा गहिरो चोट लागेको उनीहरुको त्रिविवि शिक्षण अस्पतालमा उपचार भैरहेको जनाइएकोे छ ।
काठमाडौंबाट उडेको हेलिकप्टर मौसम प्रतिकूलहुँदा रुम्जाटार, भोजपुर, संखुवासभा, तेह्रथुम लगायतका स्थानमा बस्दै आज दिउँसो मात्र याम्फुदिनमा आइपुगेको वडाअध्यक्ष टसी भोटेले जानकारी दिए । “हेलिकप्टर झिकायौ । हिजो विहानैदेखि मौसम राम्रो थिएन । घाइतेलाई बोकेर कतै लैजाने अवस्था पनि नदेखिए पछि हेलिकप्टरकै भरमा थियौँ । बिहानै काठमाडौंबाट उडेको हेलिकप्टर मौसम अनुकूल नहुँदा ठाउँठाउँमा बस्दै आज आयो र घाइतेलाई लिएर फर्कियो” उनले भने।
बाम्फोक प्रहार गर्ने २२ वर्षीय लाक्पालाई बिहीबार नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयमा प्रमुख प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । घर नजिकैको पराल राख्ने खोल्माबाट लाक्पालाई पक्राउ गरेको उनले बताए । प्रहरीले घटनाका बारेमा अनुसन्धान भैराखेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुवातास खेलिरहेको अवस्थामा नगदसहित चार जना पक्राउ
जेठ २०, २०८१ आइतबार
स्रोत नखुलेको रकमसहित विभिन्न जिल्लाबाट आठ जना पक्राउ
जेठ २०, २०८१ आइतबार
भारतमा बंगलादेश सांसदको हत्याका आरोपी काठमाडौंमा पक्राउ
जेठ २०, २०८१ आइतबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २०, २०८१ आइतबार
उत्तर कोरियाले थप छ सय फोहोर भरिएका बेलुन दक्षिणतर्फ पठाइयो
जेठ २०, २०८१ आइतबार
जुवातास खेलिरहेको अवस्थामा नगदसहित चार जना पक्राउ
जेठ २०, २०८१ आइतबार
मुख्यमन्त्री केजरीवाल आज पुन: जेल जाँदै
जेठ २०, २०८१ आइतबार
स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप, चार जना घाइते
जेठ २०, २०८१ आइतबार
सुन आयातमा लगाएको कोटा र भन्सार वृद्धिको विरोधमा सडकमा उत्रिए सुनचाँदी व्यवसायी
जेठ २०, २०८१ आइतबार
विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता १८ करोड
जेठ २०, २०८१ आइतबार